जुसले ज्यान लियो
काठमाडौं, ७ जेठ । झापाको शिवसताक्षी नगरपालिकामा जुस सर्किएर एक बालकको मृत्यु भएको छ । शिवसताक्षी–८ डुरामारीका रुपदोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । शनिबार बेलुका ओरेन्ज जुस पिउँदा सर्किएर सिकिस्त बिरामी भएपछि उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । – रासस