बुढेसकालमा जन्मेका छोरा तीक्ष्ण बुद्धिवाला हुने
काठमाडौ, १९ असार । बेलायतको किंग्स कलेज लण्डनमा गरिएको एउटा ताजा शोधमा पाका पुरुषहरुका जन्मने छोरा जिनियस हुने सम्भावना बढी हुने खुलासा भएको छ। अध्ययनअनुसार त्यस्ता पुरुषबाट जन्मेका छोरा बढी तिब्र दिमाख र तीक्ष्ण बुद्धिवाला हुने गर्दछन् । यद्यपि अध्ययनका अनुसार आमाको उमेरको यसमा कुनै प्रभाव रहँदैन । यसका साथै छोरीमा यसको असर नपर्ने बताइएको छ । शोधकर्ताहरुले करिब १५ हजार जम्ल्याहा बच्चालाई एउटा टेस्टमा सहभागी गराएका थिए ।यो टिमले गीक इन्डेक्स तयार गरेको थियो । यसमा १२ वर्षीया जम्ल्याहा बच्चालाई नन भर्बल आईक्यू, कुनै विषयमा ध्यान केन्द्रित गर्ने क्षमता र समाजबाट अलग रहने जस्ता विषयमा उनीहरुको बुद्धिको आँकलन गरिएको थियो । यस्तोमा जुन बच्चाको गीक स्कोर बढी थियो, त्यस्ता बच्चाहरुको स्कुल, विशेषतः विज्ञान, प्रविधि, इन्जिनियरिंग र गणितमा राम्रो परिणाम आयो । यसका सम्भावित कारणमा पाका पिताहरुको ढिला पिता बन्दा प्रतिभाशाली जीनबाट बच्चा जन्मनु मानिएको छ। यसका साथै पाका व्यक्तिहरुबा बच्चालाई सुविधाहरु बढी प्राप्त हुने वा कुनै जीनले म्युटेट हुने जस्ता सम्भावना रहेका छन् । शेफिल्ड युनिभर्सिटीका प्रोफेसर एलन पेसीका अनुसार यस्तो हुन सक्छ कि गीक हुनु राम्रो होस तर दम्पत्तिलाई यस आधारमा परिवारलाई अघि बढाउने निर्णय लिनु भने उचित हुनेछैन । उनी भन्छन् कि बढी उमेरमा हुने बच्चाबाट समस्याहरु सिर्जना हुन्छन् । गर्भपतनसहितका अन्य गर्भधारणको जोखिम पनि बढ्ने गर्दछ ।