७० प्रतिशत विशेषज्ञ चिकित्सक फेल

२०७४ असार २६ गते, सोमबार

काठमाडौं, २६ असार । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिव ७० प्रतिशत डाक्टर फेल भएका छन् । चिकित्सा शिक्षामा आधारभूत शैक्षिक कार्यक्रम पूरा गरी एमडी÷एमएस÷एमडिएसको विषयमा तीन वर्षे विशेषज्ञता हासिल गरेका २ सय ३७ मध्ये करिव ७० प्रतिशतले आफ्नो क्षमता सिद्ध गर्न सकेनन् । अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ३० प्रतिशत फेल भएका थिए । ‘यसपटक फेल भएकाहरु अधिकांश पहिला पनि अनूत्तीर्ण भएकाहरु हुन्,’ काउन्सिलका रजिष्टार डा. दिलीप शर्माले भने ।
काउन्सिल श्रोतका अनुसार यसपटकको परीक्षामा चीनबाट विशेषज्ञ चिकित्सक पढेर आएका एक सय ३२ जना सामेल भएकामा एक सय ११ जना फेल भए । बेलारुस, किर्गिस्तान र रुसबाट पढेर आएका क्रमशः २, ६ र १० जनाले परीक्षा दिएकामा सबै फेल भए । नेपालमै पढेका १८ जना मध्ये ८ जना फेल भए । फिलिपिन्समा पढेका ४० मध्ये २१ जना फेल भए । बंगलादेशबाट पढेर आएका १३ मध्ये ४ जना फेल भए ।
यस्तै, भारतमा पढेका ५ र पाकिस्तानमा पढेका ६ जनामध्ये एक–एकजना फेल भए । यसपटक रेडियोलजीको परीक्षामा सहभागी ६१ जनामा ५ जनामात्र पास भएका छन् । गत वर्ष पनि रेडियोलजी विषयको विशेषज्ञ परीक्षा दिने ७३ जनामा १३ जनामात्र पास भएका थिए । – कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार