७० बर्षीय पिताको उच्च शिक्षा पढने रहर

२०७४ श्रावण १६ गते, सोमबार

काठमाडौँ, १६ साउन । सत्तरी वर्षमा एसईई परीक्षा उत्तीर्ण दुर्गे कामीलाई उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि उनले सरकारसँग गुहार मागेका छन्। स्याङ्जा जिल्लाको फेदिखोला–३ का उहाँले गत २०७३ मा एसईई परीक्षा दिएका थिए। उनले सोही विद्यालयबाट कक्षा तीनदेखि नियमित कक्षा लिई अध्ययन गर्दै आएका थिए।
कालभैरव उच्च माध्यमिक विद्यालय स्याङ्जामा अध्ययन गरी उनले सिद्धार्थ स्याङ्जा परीक्षा केन्द्रबाट उक्त परीक्षा दिएका थिए। उनले १.२ जीपीए ल्याएर एसईई उत्तीर्ण गरे।
बुढेसकालमा पनि हिम्मत जुटाएर अध्ययन थालेका दुर्गेको इच्छा थप अध्ययन गरी शिक्षक बन्ने रहेको छ। शिक्षाबिनाको मानिस साँच्चै नै अन्धो हुने बताउने उनले आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन अनुरोध गरे।
उनले परराष्ट्रमन्त्रीसँग भने, “मलाई ११/१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग गरिदिन आग्रह गर्दछु। ” उनले आफू सानो छँदा विद्यालय जान नपाएको गुनासो सुनाए।
जवाफमा परराष्ट्रमन्त्री महराले उनको शिक्षाप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्ने आश्वासन दिँदै अध्ययनका लागि आवश्यक पर्ने वातावरण मिलाउन पहल गर्ने बताए। उनले एसइई परीक्षा उत्तीर्ण गरेकोमा बधाई दिँदै अध्ययनमा निरन्तर लाग्न प्रेरणा दिए।
महराले ट्विटरमा लेखेका छन्, “स्याङ्जाका ७० वर्षीय दुर्गे कामीको इच्छाशक्ति सुन्दा खुशी लाग्यो, उहाँको उच्च शिक्षा अध्ययन गर्ने इच्छा पूरा होस्, शुभकामना !”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार