आज विश्व स्तनपान दिवस

२०७४ श्रावण १७ गते, मंगलवार

काठमाडौ १७ साउन । आज विश्व स्तनपान दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । दिवसका अवसरमा सबै मिलि स्तनपानलाई दिगो बनाउ भन्ने नाराका साथ सरकारले आजदेखि २५ औं विश्व स्तनपान सप्ताह समेत सुरु गरेको छ । सप्ताह अवाधिभर जिल्ला तथा स्थानीय स्तरमा स्तनपान सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम आयोजना गरिने स्वास्थ्य विभागले जनाएको छ । ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान नगराउने भेटिएको स्वास्थ्य विभागले जनाएको छ ।
सन् २०१६ को सरकारी तथ्यांक अनुसार नेपालका ६६ प्रतिशत महिलाले मात्र शिशुलाई पूर्ण रुपमा स्तनपान गराउने गरेको पाइएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले स्तनपानको सम्बद्र्धनका लागि ऐन ल्याइएपनि कार्यान्वयन हुन नसक्दा स्तनपान गराउने क्रम घट्दै गएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार