ओम हस्पिटलले ज्यान लियो
काठमाडौं, १९ साउन । ओम हस्पिटल फेरि विवाद तानिएको छ । ओम हस्पिटलमा उपचारको लागि अाएका सामान्य विरामीले ज्यान गुमाउने क्रम दिनानुदिन बढ्दो शह । यसै क्रममा आज गोरखा आरुघाट स्थायी घर भई चाबहील गणेश स्थान बस्दै आएकी बर्ष ५४ की नन्दकुमारी लामीछनेको चिकित्सकको लापर्वाहीकै कारण ज्यान गएको छ । बुधबार दिउँसो १२ बजे पत्थरीको उपचारका लागि पुगेकी लामीछानेलाई ७ बजे अप्रेशन थ्रेटरमा लगिएको थियो । परिवारका अनुसार ८ बजे उपचारमा संलग्न चिकित्सकहरुले लामीछनेलाई भएको र हात-खुट्टा दह्रो भएको भन्दै आइसीयुमा सारेका थिए ।सामान्य विरामी लामीछानेलाई राति १ बजे अस्पतालले मृत घोषण गरेको थियो ।
अहिले बिरामीका आफन्तहरूले ओम हस्पिटलको चरम लापरवाहीले गर्दा बिरामीको मृत्यु भएको भन्दै अाफन्तहरुले नाराबाजी गरिरहेका छन् । अाक्रोसित परिवारले अस्पतालमा तोडफोड समेत गरेका छन् । परिवार र उपचारमा संलग्न चिकित्सकबीच वार्ताको प्रयास भइरहेको छ ।