कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

२०७४ श्रावण २० गते, शुक्रबार

काठमाडौ, २० साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्द भएको उनले बताए ।
त्यसैगरी आंशिकतर्फ नौ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जानकारी दिए । परीक्षामा तीनजना परीक्षार्थीको परीक्षा रद्द भएको छ । अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार