महामारी फैलने सम्भावना

२०७४ भाद्र २ गते, शुक्रबार

काठमाडौं, २ भदौ । बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा खुल्ला आकाशमुनि नै यत्रतत्र छरिएर रहेका कारण महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराहीमा महामारी फैलने सम्भावना बढेको छ ।
जलेश्वर–७ स्थित बजराही कुट्टी नजिकै स्थानीय शैलेन्द्र साहले सञ्चालन गर्दै आएको कुखुरा फार्मका एकहजारभन्दा बढी कुखुरा बाढीको पानीमा मरेर सोही ठाउँमा छरिएको अवस्थामा सिंगो बजराही गाउँ नै दुर्गन्धित भएको तथा महामारी फैलने सम्भावना रहेको स्थानीयले बताएका छन् ।
बाढीको पानी कम हुँदै गएपछि ती कुखुरा झन्झन् सड्दै गइरहेको र अत्यधिक दुर्गन्ध आउने गरेकाले त्यसबाट विभिन्न किसिमका रोगको संक्रमण बढ्न सक्ने स्थानीय बताउँछन् । स्थानीयले कुखुरा फार्मको दुर्गन्धबाट फैलन सक्ने महामारीबाट सिंगो गाउँलाई जोगाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार