रङमा मापदन्ड विपरीत लेड
काठमाडौं, ५ कात्तिक । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले गरेको अध्ययनले घरमा लगाइने १५ किसिमका रङमा तोकेको मापदन्डविपरीत लेड अर्थात् सिसा मिसिएको पाइएको छ । सरकारले ९० पीपीएमभन्दा बढी लेड अर्थात् सिसा रङमा मिसाउन नपाइने मापदन्ड बनाएपनि उत्पादक कम्पनीहरुले त्योभन्दा बढी लेड राखेर रङ उत्पादन गरेको भेटिएको हो । अध्ययनले सातओटा पेन्ट उद्योगबाट उत्पादित १५ किसिमका ‘पेन्ट’मा मापदन्डविपरीत सिसा भेटिएको देखाएको छ । केन्द्रले १८ ओटा उद्योगबाट उत्पादित ३७ किसिमका पेन्टमा अध्ययन गरेको थियो । जसमा गौरी शंखर, जस्मिन, जेनिस, एपोलो, आर्टी, जी सेभेन र अमेरिकन पेन्ट उद्योगबाट उत्पादित रङमा सरकारले तोकेको मापदन्ड ९० पीपीएमभन्दा बढी लेड मिसिएको पाइएको छ ।
जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले सरकारले दुई वर्षअघि ९० पीपीएमभन्दा बढी लेड मिसाउन नपाउने व्यवस्था गरेको भएपनि उत्पादक कम्पनीहरुले त्यसको पालना नगरेको बताए ।रङमा पाइने लेडले बालबालिकाको शारिरीक, बैद्धिक तथा मानसिक विकासमा अवरोध पु¥याउने भन्दै उनले मापदन्ड कार्यान्यन भए÷नभएको पनि कुनै अध्ययन नभएको बताए । हरेक पेन्टको बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश लेख्नुपर्ने व्यवस्था सरकारले गरेपनि कम्पनीहरुले त्यसको उल्लंघन गरेको अध्ययनले देखाएको छ ।