डेण्टल क्लिनिक र औषधि पसलको कारोबार बन्द

२०७४ मंसिर ९ गते, शनिबार

काठमाडौ, ९ मंसिर । बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ ।
जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएकाले ती औषधि पसल र डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको हो । यहाँको बिपी चोकस्थित बिन्दवासिनी मेडिकल हल र बाँके डेन्टल क्लिनिकको कारोबार बन्द गरेको हो ।
अनुगमन टोलीले यहाँका अधिकांश औषधि पसल र क्लिनिकमा फारमेसिस्ट व्यवसायी नभई अन्य कर्मचारीले औषधि बेच्ने गरेको, औषधिको रेकर्ड नराखेको र नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको फेला पारेको जनाएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार