चिसो बढ्दै, जनजीवन कष्टकर
काठमाडौं, २० पुस । न्यूनतम तापमान लगातार घट्दै गएका कारण देशभर चिसो बढ्दै गएको छ । च्ज्सोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार न्यूनतम तापमान २ डिग्री सेल्सियस रहेको छ । बुधबार न्यूनतम तापमान २.२ डिग्री सेल्सियस थियो ।
बिहीबार दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने र अन्य स्थानको मौसम सामान्यतः सफा रहने पूर्वानुमान गरिएको पनि महाशाखाले जनाएको छ ।
तराई क्षेत्रका विभिन्न जिल्लामा शीतलहरका कारण विद्यालय बन्द गरिएको छ ।