द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार

२०७४ पुष २२ गते, शनिबार

काठमाडौं, २२ पुस । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले असाह्य र द्वन्द्वका घाइतेहरुलाई निःशुल्क उपचार सेवा दिइरहेको जनाएको छ ।
प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा पाँचै विकास क्षेत्रमा पुनःस्थापना केन्द्र सन्चालन गर्ने सरकारी नीतिअनुसार यस्तो सुविधा उपलब्ध गराएको जनाएको हो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा यस्तो सेवा सन्चालन गर्ने भनिए पनि अन्य क्षेत्रमा भने यस्तो सेवा सुरु हुन सकेको छैन । शान्ति तथा पुर्ननिर्माण मन्त्रालय तथा शान्तिकोष सचिवालयसँग सहकार्य गरी प्रतिष्ठानले द्वन्द्वमा परेका घाइतेहरुलाई सबैखाले उपकरण प्रयोग गरी निःशुल्क उपचार सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार