सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

२०७४ माघ ७ गते, आईतवार

काठमाडौं , ७ माघ । सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेको छ । संघर्ष समितिले विभिन्न ३ बुदे माग अघि सार्दै केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो । विश्वविद्यालय र क्याम्पसबीच समायोजन सम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा रहेका छन् । सोही अवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरे अनुसार गर्नुपर्ने, सेवा सुविधा तथा सर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने लगायतका माग अघि सारेर तालाबन्दी गरिएको छ ।
गत पुस २९ गते महेन्द्रनगरमा बसेको सुप विश्वविद्यालय सभाले १५ वटै आंगिक क्याम्पसका लागि अघि सारिएको प्रस्तावित क्याम्पस संचालक समितिले २०७० र २०७१ असोज ६ गते पछि गरेका निर्णयहरु कार्यान्वयन नगर्ने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संयोजक चन्दले बताए । निर्णय नसच्याई माग आफुहरुका माग सम्वोधन नगरे थप विरोधका कार्यक्रम गरीने संघर्ष सििमतिले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार