नेपालको हावा विश्वकै खराब !

२०७४ माघ ११ गते, बिहीबार

काठमाडौं, ११ माघ । नेपालको हावाको गुणस्तर विश्वकै खराब भएको पछिल्लो अध्ययनले देखाएको छ । सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी येल विश्वविद्यालय र सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटीले वर्ल्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरेको छ । यसले नेपाली हावाको गुणस्तर निकै खराब रहेको देखाएको छ । नेपालका धेरै घरहरुमा अझै पनि दाउरो बाल्ने गरेको र जनसंख्याको धेरै हिंसा ‘पीएम २.५’ आँखाले देख्न नसकिने प्रदुषणका कणहरुको जोखिममा रहेको रिपोर्टमा उल्लेख छ । समग्र ‘वातावरणको स्वास्थ्य सूचकांक’ हेर्ने हो भने पनि नेपालको अवस्था राम्रो देखिँदैन । इन्भाइरोमेन्ट पफर्मेन्स इन्डेक्स–२०१८ मा सहभागी १८० देशमा नेपाल १७६ औं स्थानमा परेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार