काठमाडौंको हावामा क्यान्सर निम्त्याउने कण
काठमाडौँ,१८ फागुन । वायु प्रदूषणबारे वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार काठमाडौँ उपत्यकामा क्यान्सर निम्त्याउने कणको मात्र धेरै रहेको पाइएको छ । सन् १९९७ तिर विश्व बैंकको एउटा प्रतिवेदनमा काठमाडौंमा वायु प्रदूषण बढेको उल्लेख थियो । सन् २००१-२ तिर सरकारले उपत्यकामा ६ वटा प्रदूषण मापन केन्द्र सञ्चालनमा ल्याएको थियो । सन् २००८ सम्म ती केन्द्र सञ्चालनमै रहे र, अहिले हुने अधिकांश दीर्घकालीन अध्ययनहरुमा तिनै केन्द्रबाट प्राप्त तथ्यांक प्रस्तुत गर्ने गरिएको छ । त्यही बेला उपत्यकाको हावाको स्तर वर्षको ५-१० दिन बाहेक स्वास्थ्यका लागि नराम्रो देखिएको थियो ।
त्यती बेला काठमाडौंको प्रदूषणबारे अन्तर्राष्ट्यि स्तरको अध्ययन भएको थिएन । अभियानकै रुपमा प्रदूषणको यथार्थ चित्र बाहिर ल्याउने उद्देश्य रहेको विज्ञहरु बताउ छन् । बालाजु र कोटेश्वरजस्ता अति व्यस्त चोकहरुमा पीएम २.५ आँखाले देख्न नसकिने तर श्वास प्रणालीमा सजिलै छिर्ने कण को मात्रा कहिलेकाहि विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा सय गुणासम्म बढी पाइएको छ । उनीहरुका अनुसार वायुमण्डलमा पीएम २.५ को मात्रा ४० माइक्रोग्रामले बढ्दा मानिस बिरामी पर्ने जोखिम १.५ पाँच प्रतिशतले बढ्न जान्छ । जर्मनीको राजधानी बर्लिनमा सबैभन्दा बढी र काठमाडौंमा सबैभन्दा कम भनिएको दिनको तुलना गर्ने हो भने काठमाडौंकै हावा बढी प्रदूषित रहेको छ । बाहिर निस्कँदा राम्रो मास्क लगाउने । कपडाका मास्कले यस्तो खालको प्रदूषण धान्न सक्दैनन् । कपडाको मास्क लगाउँदा झन् आँखाले देख्न नसक्ने कणहरु सीधै नाक र मुखभित्र छिर्छन् । अहिले बजारमा एन-९५ र एन-९९ मास्कहरु आएका छन् । तिनले केही हदसम्म जोखिम घटाउन सहयोग गर्ने बताईन्छ ।