एसइई परीक्षा चैत्र ८ देखि

२०७४ फाल्गुन २४ गते, बिहीबार

काठमाडौँ , २४ फागुन । एसइईको परीक्षा आगामी चैत्र ८ गतेदेखि शुरु हुने भएको छ। परीक्षाको तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पठाउने काम सकिएको बताए। उनले भने, ‘परीक्षाको तयारी पूरा भएको छ। प्रश्नपत्र, उत्तर पुस्तिकासँगै अन्य सामग्री पनि जिल्ला पठाइएको छ।’ यसवर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी कूल चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।
परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए। बिहान ८ देखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते अनिवार्य अँग्रेजी विषयको परीक्षा हुनेछ। प्राविधिकतर्फका परीक्षा चैत १४ गते शुरु भई २० गतेभित्र सम्पन्न हुनेछन्। परीक्षामा एक हजार ९५६ केन्द्राध्यक्ष, तीन हजार ९१२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटिने बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार