निःशुल्क पाइने औषधि बिक्री गर्नेलाई कारवाहीको माग

२०७४ चैत्र ९ गते, शुक्रबार

काठमाडौं, ९ चैत । सरकारले निःशुल्क उपलब्ध गरेको औषधिलाई मनोमानी ढंगले शुल्क लिने स्वास्थ्य चौकीका कर्मचारीलाई रामप्रसाद राई गाउँपालिका वडा नं ५ मानेभञ्जाङ कार्यालयले गाउँपालिकामा कारबाहीको माग गरेको छ। मानेभञ्जाङस्थित प्राथमिक स्वास्थ्य चौकीमा निःशुल्क रुपमा वितरण गरिएको औषधि स्वास्थ्य चौकी प्रमुख सोनु साहले शुल्क लिएर बेच्ने गरेको खुलासा भएपछि कार्यालयले गाउँपालिकालाई कारबाहीको सिफारिस गरिएको हो।
ग्रामीण भेगकै स्वास्थ्य चौकीमा दिनदहाडै यसरी सरकारी औषधिलाई मनोमानी रुपले बेचविखन गरेको पाइएपछि वडा कार्यालयले बिहीबार नै बसेको स्वास्थ्य चौकी व्यावस्थापन समितिको बैठकले कारबाहीको सिफारिस सहितको निवेदन पेश गरेको थियो।बैठकले स्वास्थ्य चौकी प्रमुख साहले निःशुल्क औषधि बिरामीलाई बेचेको पाइएपछि कारबाहीको लागि गाउँपालिकामा सिफारिस गरिएको वडा अध्यक्ष विरेन्द्र राईले बताए।
महिनावारीमा अत्याधिक रक्तश्राव भएपछि स्लाइन बोटल औषधि लिन स्वास्थ्य चौकी आएकी सोही वडा ५, मानेभञ्जाङकी रमिता बोगटीलाई साहले उक्त स्लाइनको चार सय रुपैँया शुल्क लिएका थिए। -अन्नपूर्ण पोस्ट दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार