अचानक तौल घट्यो, स्वास्थ्य परीक्षण गराई हाल्नुस्

२०७४ चैत्र १७ गते, शनिबार

काठमाडौं, १७ चैत । तौल नियन्त्रण, अहिले धेरैका लागि टाउको दुखाईको विषय हो । कसरी आफ्नो तौल नियन्त्रण गर्ने ? कसरी मोटोपन घटाउने ? कसरी स्लिम हुने ? तर, कहिले काहिँ अचानक तौल घटिदिन्छ । न डाइटिङ, न जिम । कसरी तौल घट्यो ? अचानक तौल घट्दा मानिसको लाईफ स्टाइल पनि प्रभावित हुन्छ ।
भोक नलाग्ने तथा भरपुर निद्रा नलाग्ने जस्ता समस्याहरूको सामना पनि गर्नुपर्ने हुनसक्छ । यसबाट टाउको दुख्ने तथा थकानको महसुस हुन्छ । के कारणले यस्तो हुन्छ त ? कुनैपनि प्रयास विना नै लगातार घटिरहेको छ भने यो खुसीको कुरा होइन । बरु चिन्ताको विषय हो । यसले शरीरमा कुनै बिमारीको संकेत गर्छ । यदि अचानक ६ महिनामा ५ देखि १० प्रतिशतसम्म तौल घट्यो भने स्वास्थ्यपरिक्षण गराउनुपर्छ ।
१. क्यान्सर
अचानक तौल घट्नुको एउटा कारण क्यान्सर पनि हुन सक्छ । डाक्टरका अनुसार क्यान्सर हुँदा शरीरको तागत कम हुँदै जान्छ । यसका कारणले शरीरको वजन घट्छ र शरीर पातलो देखिन थाल्छ । यसबाट ग्यास्ट्रिक र प्यांक्रियाज क्यान्सरका अलावा फोक्सो, सिर, गर्दन र कालोरेक्टल क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले वजन घट्दा बेवास्ता नगरी तुरुन्त डाक्टरकहाँ जानुपर्छ ।
२. तनाव
यस्ता व्यक्तिहरूको संख्या धेरै छ जो अफिसमा कामको चाप, घरको कलह र सामाजिक दवावका कारण अक्सर तनावमा रहन्छन् । अधिक तनावमा रहनाले उनीहरूको लाईफ स्टाइल प्रभावित हुन थाल्छ । उनीहरूलार्ई राम्ररी भोक लाग्दैन र भरपुर खाना खान सक्दैनन् । भोक नलाग्नाले शरीरबाट फ्लाईट हार्मोन निस्कन्छ जसले तनावलार्ई अझै धेरै बढाउँछ । यसका अलावा दिमागको हाइपोथेल्मसबाट कार्टिकोट्रोपिन नामक हार्मोन निस्किन थाल्छ जसले भोक लाग्न दिँदैन । यसका अलावा दिमागले एड्रिनल ग्ल्यान्डलार्ई पनि संकेत पठाउँछ जसले हार्मोनलार्ई असन्तुलित गरिदिन्छ । यसले गर्दा भोक कम लाग्छ र खाना कम खाने गर्नाले वजन पनि घट्न थाल्छ ।
३. पेटको रोग
सानो आन्द्रामा सही तरिकाबाट भोजनको शोषण हुन नसक्दा सिलिएक रोग, क्रोहन रोग, ल्याक्टोज बढ्ने तथा आन्द्रा टुट्ने जस्ता समस्या उत्पन्न हुन सक्छ । जब आन्द्राले जरुरी पोषक तत्वलार्ई शोषित गर्न सक्दैन, यस स्थितिलार्ई ‘मेलब्जप्र्सन’ भनिन्छ । सिलियक रोग जस्तो पेटको बिमारी सामान्यतया ठीक हुन्छ तर यदि अचानक वजन घटिरहेको छ भने डाक्टरसँग परामर्श गर्नुपर्छ ।
४. मधुमेह
मधुमेह हुँदा भोक कम लाग्छ । यसको कारणले गर्दा व्यक्तिको शरीरमा सुगरको स्तर बढ्छ, जसले किड्नी र यसका कार्यहरूलार्ई सबैभन्दा बढि प्रभावित तुल्याउँछ । मधुमेहका रोगी ब्लड सुगरको उपयोग गर्न सक्दैनन् र यो मृगौलाबाट फिल्टर भएर उत्सर्जित हुन्छ । यसको कारणले व्यक्तिको मांसपेशी तथा हड्डीहरू प्रभावित हुन थाल्छन् । अधिक तिर्खा लाग्नु, बारम्बार पिशाब लाग्नु, आँखामा धमिलोपन र हातगोडा झन्झनाउनु, शरीरमा शून्यपनको अनुभव आदि मधुमेहका लक्षण हुन् ।
५.थाइराइड
थाइराइडले हाम्रो मेटाबोलिज्म लार्ई नियन्त्रित गर्छ । त्यसैले थाइराइडका कारण वजन प्रभावित हुन सक्छ । यदि मेटाबोलिज्म बढ्यो भने शरीरको वजन कम हुन थाल्छ । तर, यो अधिक बढ्यो भने स्वासथ्यका लागि कयौ गम्भीर खतरा उत्पन्न गर्छ । यदि कुनै व्यक्तिलार्ई हाइपोथाइराडिज्म छ भने उसको वजन तीव्ररूपमा कम हुन्छ र कहिलेकाहीँ यसको कारणले हृदयको गति बढ्ने, अधिक चिन्ता तथा इन्सोमेनिया जस्ता समस्याहरू पनि हुन सक्छन् ।
६. एड्रिनलको कमी
यदि शरीरले पर्याप्त मात्रामा कार्टिसोल उत्पन्न गर्न सकेन भने एड्रिनलको कमि हुन जान्छ । यसलार्ई एडिसनको बिमारी भनिन्छ । यो त्यही कार्टिसोल हो जुन स्ट्रेसका लागि जिम्मेवार हुन्छ । अधिक तनाव हुँदा कार्टिसोल अधिक उत्पन्न हुन्छ जुन एक सामान्य प्रक्रिया हो । तर, जो व्यक्तिहरूमा कार्टिसोल कम उत्पन्न हुन्छ उनीहरू तनाव सहन सक्षम हुँदैनन् । त्यसैले उनीहरू धेरै बिरामी पर्छन् । तीव्ररूपमा वजन घट्नु, चक्कर आउनु, हल्का महसुस गर्नु र कयौं प्रकारका इन्फेक्सन एड्रिनलको कमी भएको लक्षण हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार