वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट !

२०७५ बैशाख ११ गते, मंगलवार

काठमाडौं, ११ बैशाख । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा पनि विगतदेखि नै सिन्डिकेट लादिएको छ । श्रम मन्त्रालयमा सुचीकृत दुई सय ३९ मध्ये ५१ संस्थाले अहिले पनि सिन्डिकेट कायमै राखेका छन् । उपत्यकामा पनि केही सीमित संस्थाले स्वास्थ्य परीक्षणमा एकाधिकार कायम राख्दै आएका छन् ।
सिण्डिकेटले गर्दा रोजगारीमा जाने कामदार मर्कामा परेका छन्। मन्त्रालयमा सूचीकृतमध्ये एक सय ८८ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाएका छैनन्। सिन्डिकेट खडा गर्ने संस्थाको दादागिरिका कारण वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा विकराल समस्या देखिएको व्यवसायी बताउँछन्। सीमित संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्ने भएकाले रोजगारीमा जाने कामदार महँगो शुल्क तिर्न बाध्य भइरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए। रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा सीमित स्वास्थ्य संस्थाले महँगो शुल्क लिँदै आएको र अहिले पनि सिन्डिकेट कायमै रहेको अध्यक्ष गुरुङको भनाइ छ। – अन्नपूर्ण पोष्टवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार