भ्रस्ट प्रधानाध्यापकलाई कालोमोसो

२०७५ बैशाख १३ गते, बिहीबार

काठमाण्डौ, १२ वैशाख । अखिल (क्रान्तिकारी) सुर्खेतले एक प्रधानाध्यापकलाई कालोमोसो दलेको छ । सुर्खेतको लेकबेसी नगरपालिका-३ स्थित जनप्रिय माविका प्रधानाध्यापक अधिकारीले चर्को शुल्क असुलेर अभिभावकहरुलाई दुख दिएको, मदिरा सेवन गरी विद्यालयमा आउने गरेको, विद्यालयमै युवतीहरुसँग मोजमस्ती थालेको भन्दै अभिभावकको उजुरीको अाधारमा अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले बुधबार दिउँसो अधिकारिकै कार्यकक्षामा कालोमोसो दलेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । अधिकारीले कमिसन खाएर शिक्षकहरु सरुवा गर्ने, घुस खाएर नियुक्ति दिने, विद्यालयमा आर्थिक हिनामिना गर्ने लगायत ८ कारणका विज्ञप्तिमा उल्लेख छन् । शैक्षिक संस्थामा बसेर अनैतिक र समाजमा नकारात्मक प्रभाव पार्ने काम गरेकोले सुधारको लागि चेतावनीस्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारी सुर्खेतले जनाएको छ ।
अखिल (क्रान्तिकारी) सुर्खेतले जनप्रिय माविका प्रधानाध्यापक अधिकारीलाई कालोमोसो दल्नुको कारण यस्तो रहेको जनाएको छ –
१. चर्को शूल्य असुलेको ।
२. मदिरासेवन गरी विद्यालयमा आउने गरेको ।
३.महिलासँग अनैतिक सम्बन्ध राख्ने गरेको ।
४. घुस खाएर शक्षिक सरुवा तथा नियुक्ति गरेको हो ।
५. विद्यालयमा आर्थिक हिनामिना गर्ने गरेको ।
७.विद्यालयमा नियमित उपस्थित नहुने ।
८. विद्यालयलाई राजनीतिकरण गरी वातावरण धमिल्याउने गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार