बोर्डिङ स्कुललाई जनपरिषदमा दर्ता गर्न पत्रचार

२०७५ बैशाख १४ गते, शुक्रबार

काठमाडौं, १५ बैशाख । नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद नेपालले झापाको सबै निजी विद्यालयहरुलाई जनपरिषदमा दर्ता गर्न उर्दि सहितको पत्र काटेको छ । लिम्बुवान स्वायत्त प्रदेशको झापा जिल्ला जनपरिषद प्रमुख सुमनसिंह पौडेलले पत्रचार गरेका हुन् । पौडेलद्धारा हस्ताक्षर गरिएको पत्रमा ‘प्यावसन जिल्ला कार्यालय अन्र्तगत रहेका सम्पूर्ण निजी (बोर्डिङ) स्कुलहरुको सम्पूर्ण विवरण सहित जनपरिषदको कार्यालयमा दर्ता गर्नुपर्ने भएकोले पत्र प्राप्त भएको १५ दिनभित्र जनपरिषदको कार्यालयमा दर्ता गर्न गराउनहुन यो पत्रचार गरिएको छ ।’ उल्लेख छ ।
यदि समयभित्र दर्ता नगरिएको खण्डमा जनपरिषदको नियम बमोजिम हुने बताईएको छ । जनपरिषदको नियमको बारेमा खुलाईएको छैन । लिम्बुवान स्वायत्त प्रदेश अन्र्तगतका सबै जिल्लामा क्रमशः प्यावसनलाई पत्रचार गरिने पौडेलले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार