मानिसको अंगको बनावटबाट स्वभाव थाहा पाउन सकिन्छ !
काठमाडौं, १६ बैशाख । ज्योतिषशास्त्रका अनुसार मानिसको अलगअलग बनावटले उसको व्यक्तित्वका बारेमा धेरै कुरा बताउने गर्दछ । खुट्टाको औंलादेखि लिएर औंलासम्ममा भाग्यको निशान लुकेको हुन्छ । ज्योतिषशास्त्रमा उल्लेख भएअनुसार तपाईको शरीरका कुन अंकले के संकेत गरिरहेको छ त ?
खुट्टाको औंला
– खुट्टाको औंलाले व्यक्तिको प्रभाव र उसको अध्यात्मिकताप्रतिको रुची दर्शाउने गर्दछ ।
– यदि खुट्टाको औंला धेरै ठुलो छ र लामो छ भने त्यस्ता व्यक्ति सरल र धर्मकर्मका विश्वास राख्ने हुन्छन् ।
– यदि खुट्टाको औंलाबाट ठिक नजिकैको औंला बढी लामो छ भने त्यस्ता व्यक्ति अत्यधिक प्रभावशाली हुन्छन् ।
– यदि खुट्टाको औंला निकै छोटो छ भने त्यस्ता व्यक्ति केवल धनको चिन्ता गर्दछन् र अरुलाई हानी पुराउन पनि बाँकी राख्दैनन् ।
हातको औंलाहरु
– हातको औंलाहरु यति लामो र पातलो छ भने त्यस्ता व्यक्ति कलात्मक हुन्छन्, सरल हुन्छन् बढी पेचिला हुँदैनन् ।
– औंलाहरु यदि मोटा र कडा छन् भने त्यस्ता व्यक्तिले आवश्यकताभन्दा संघर्ष गर्नुपर्ने हुन्छ, यस्ता व्यक्तिको बचन पनि कठोर हुने गर्दछ ।
– औंलाहरु यदि टेढामेढा छ भने त्यस्ता व्यक्तिले धन खुब प्राप्त गर्दछन्, तर स्वास्थ्यमा भने धेरै समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।
– औंलाहरु यदि गाँठदार छन् भने त्यस्ता व्यक्ति आवश्यकताभन्दा बढी स्वार्थी हुन्छन्, केवल धन प्राप्त गर्ने मनसायमा रहन्छन् ।
कान
– कान ठुलो हुने भनेको लामो आयुको संकेत हो ।
– कान छोटो हुने व्यक्तिको आयु पनि कम हुन्छ, साथै यो दुर्घटनाको संकेत पनि हो ।
– कानमा रौं भएका व्यक्ति निकै तलबाट निकै माथिसम्म पुग्ने र लामो आयु बाँच्ने खालका हुन्छन ।
– कान लामो छ भने त्यस्ता मानिस निकै प्रभावशाली हुन्छन् । सम्बन्धलाई बुझ्ने र निर्वाह गर्ने खालका हुन्छन् ।
नड्ड
– हातको नङ्ग लामो र सुन्दर भएका व्यक्ति भाग्यशाली हुन्छन् ।
– नङ्ग बाङ्गोटिङ्गो भएकाले व्यक्तिले अत्यधिक संघर्ष गर्नुपर्ने हुन्छ ।
– नङ्गमा अर्धचन्द्र यदि ठुलो छ भने त्यस्ता व्यक्तिहरु रोगबाट सुरक्षित हुन्छन्, यदि छैन भने त्यस्ता व्यक्ति रोगबाट लामो समय थलिन्छन् ।
– नङ्गमा यदि सेतो निशान छ वा विन्दु बनेको छ भने त्यसले कुनै रोगको सूचना दिइरहेको हुन्छ ।
आँखीभौं
– यदि आँखीभौं गाढा छ भने त्यस्ता व्यक्तिको स्वभावि सरल हुने गर्दछ ।
– यदि दुवै आँखीभौं सटेका छन् भने त्यस्ता व्यक्ति निकै क्रोधी हुन्छन्, त्यस्ता व्यक्तिको बचन पनि नियन्त्रणमा हुँदैन ।
– यदि आँखीभौं काटेको वा फाटेको छ भने त्यस्ता व्यक्तिलाई मानसिक पीडा बढी हुने गर्दछ ।
– यदि आँखीभौं तलतिर झुकोको छ भने त्यस्ता व्यक्तिको झुकाव वैराग्यतिर जाने गर्दछ, यस्ता व्यक्ति कुनै बेला घर नै छाड्ने खालका हुन्छन् ।
हात र खुट्टाका रौं
– पुरुषको हात र खुट्टामा रौं हुनु राम्रो मानिन्छ, यस्ता पुरुष सरल र विश्वासपात्र हुन्छन् ।
– महिलाको हात र खुट्टामा बढी रौं हुनुलाई राम्रो मानिँदैन, यस्ता महिलाहरुले आजीवन दुर्भाग्यको सामना गर्नुपर्ने हुन्छ ।
– यदि पुरुष सरल र राम्रो स्वभावका छन् भने उनीहरुको हातखुट्टा र छातीमा घना रौं आउन लाग्दछ।
– जुन मानिसको मनमा चिन्ता बढी हुन्छ, चाहे पुरुष हुन् वा महिला, उनीहरुको कपाल झर्ने समस्या हुन्छ ।