दुई लाख सत्तरी हजार घुस खाने स्रोत व्यक्तिलाई प्रहरीकाे संरक्षण

२०७५ बैशाख २० गते, बिहीबार

काठमाडौं, २० बैशाख । रूकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नं १२ जनआस्था आधारभुत विद्यालय पुरानापानीमा निजि दरबन्दीमा अध्यापन गराइरहेका सोही ठाँउका गोपाल प्रसाद देवकोटा रुकुम पूर्वको पुथाउत्तरगंगा गाँउपालिका आधारभुत बिद्यालय काजारजंग हुकाममा शिक्षक पदको लागी बिज्ञापन आवाहान भएपछि दरखास्त दिन सो बिद्यालयमा गए । खुल्ला प्रतिस्पर्धामा शिक्षक भर्ना गरिने भनिएअनुसार देवकोटाले दरखास्त दिए । दरखास्त दिएपछि सोही बिद्यालय हेर्ने स्रोत व्यक्ति बिरबहादुर रावलसँग देवकोटाको भलाकुसारी भयो । स्रोत व्यक्ति बिरबहादुरले देवकोटालाई “शिक्षक म बनाईदिन्छु बिद्यालयमा खर्च एक लाख पचास हजार पैंसा चाहिन्छ दिनुहुन्छ कि नाई रु” भनेपछि उनले २०७४ चैत्र १६ गते मुसिकोट नगरपालिकाको होटेल के।सी बारको माथिल्लो तलामा भेटेर गाँउबाट ३ प्रतिशतको ब्याजको दरले ऋण कारेर ल्याएको एक लाख पचास हजार पैंसा बिरबहादुरलाई बुझाए । उनले पैंसा बुझाएपछि देवकोटाको एक नम्बरमा नाम निकालियो । तर नियुक्ती बुझन जाँदा बिरबहादुरले थप एक लाख बिस हजार रकम मागे । ७० हजार बिद्यालयमा थप खर्च भएको र ५० हजार देपकोटाको नाम निकालि दिए वापतको रकम मागेपछि गोपाल देवकोटाले त्यति धेरै रकम ल्याउन नसक्ने भन्दै एक लाख पचास हजारमै मिलाइ दिन आग्रह गरे । तर बिरबहादुरले थप रकम नदिए नियुक्ती नदिने भनेपछि गोपालले फेरी पनि त्यति धेरै रकम दिन नसक्ने भएकोले जागिर नखाने निधो गरे । आफुले दिएको एक लाख पचास हजार फिर्ता गर्न गोपालले पटक पटक आग्रह गर्दा पनि नदिएपछि २०७५ बैसाख १६ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर “जागिर लगाइदिन्छु भनि पैंसा खानेलाई कार्वाही गरिपाउँ र मेरो पैंसा फिर्ता दिलाई पाँउ” भनि निबेदन दिए ।
पिडित गोपाल प्रसाद देवकोटाले जागिर लगाइदिन्छु भनि पैंसा खानेलाई कार्वाही गरिपाउँ भनि जिल्ला प्रशासन कार्यालय रुकुमलाई लेखेको उजुरी ।
आबश्यक कार्वाहीका लागी प्रशासनले प्रहरीलाई पत्र काटेपछि प्रहरीले बिरबहादुरलाई पक्राउ गर्यो । तर पक्राउ गरिएपनि जिल्ला प्रहरी कार्यालयले आबश्यक रित पुर्वकको जाहेरी नआएको भन्दै घुस खाने स्रोत व्यक्ति बिरबहादुर रावललाई छाडेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र धमलाले पिडितले रित पुर्वकको जाहेरी नदिएपछि उनलाई छोडिएको बताए । उनले भने पिडितलाई रित पुर्वकको जाहेरी दिन भनिएको हो तर उसले जाहेरी नदिएकाे खबर छ।
“जिल्ला प्रशासनमा दिएको उजुरीका आधारमा पक्राउ गरिएको तर पिडितले ठगी मुद्धाको लागी जाहेरी नदिएकोले छोडिएको हो” प्रहरी प्रमुख धमलाले भने । डिएसपी धमलाका अनुसार रावललाई प्रहरीले बोलाएको बेला उपस्थित हुने गरी छाडिएको छ । उनले भने “हाजिर जमानीमा छाडिएको छ । मुद्धा जिवितै भएकोले उनलाई बोलाएको बेला उपस्थित हुने गरी छाडिएको छ ।”
पिडित देवकोटालाई बिरबहादुरकै श्रीमतिबाट एक लाख पचास हजार गनेर दिइएको देवकोटाले बताए । देवकोटाले नेपालसमाचार पत्रसँग भने “मेरो श्रीमानको जागिर जोगाइदिनुस भनेर आरपी सरको मेडमले भन्नुभयो अनि मलाई दया लाग्यो त्यसैले पैंसा बुझेर घर फर्किएँ।” “मैले त जाहेरी दिइनँ” उनले बिरबहादुरका आफन्तले आफुले दिनभर फकाएको पनि दावी गरे । उनले भने “सबैले जागिरको सवाल छ जे नहुनु थियो त्यो गल्ती भइहाल्यो, अब दोहाेरिँदैन भनेको हुँदा मैले आफ्नो एक लाख पचास हजार पैसा बुझेँ र घर फर्किएँ ।” – नेपाल समाचारपत्रवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार