सात बिद्यार्थी संगठनद्वारा प्रदर्शन

काठमाडौं, २५ वैशाख । अखिल क्रान्तिकारीका सात विधार्थी संगठनले विश्वविधालययमा हुने राजनीतिक भागबन्डाको अन्त्य, निजी शिक्षामा हुने व्यपारिकरणको खारेजी तथा सार्वजनिक शिक्षा सुधारको माग राख्दै विरोध प्रदर्शन गरेका छन । काठमाडौं स्थित माइतीघरमण्डलामा नेकपा निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति निकट विद्यार्थी युनियन, क्रान्तिकारी माअाेवादी निकट अखिल (क्रान्तिकारी), समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन, नेपाल मजदूर किसान पार्टीको विद्यार्थी संगठन र राष्ट्रवादी विधार्थी संगठनले सार्वजनिक शिक्षा सुधार, निजीमा शिक्षामा हुने व्यपारिकरण र राजनीतिक भागबन्डा अन्त्यको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।
सो विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले ‘राज्यको लगानी रहेको सार्वजनिक शिक्षा मजबूत् , नीजि विद्यालयहरुको मनलाग्दी शुल्क अन्त्य, विश्व विद्यालयमा राजनीतिक भागवन्डाको अन्त्य र शिक्षामा राज्यले २० प्रतिशत लगानी गर्ने सुनिश्चितता हुनुपर्यो अाफुहरूकाे माग रहेकाे भन्दै उनले सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने बताए । यस्तै नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष रुपनारायण श्रेष्ठले पनि सरकारले विधार्थी संगठनहरुका माग पूरा नगरेसम्म विरोधका कार्यक्रम जारी रहने बताए ।