अखिल क्रान्तिकारीद्वारा निजी विद्यालयमा ताला

२०७५ बैशाख २८ गते, शुक्रबार

काठमाडौं, २८ बैशाख । नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिहिबार कैलालीका संस्थागत (निजी) विद्यालयमा तालाबन्दी गरेको छ । नेकपानिकट उक्त संगठनले पटकपटक विभिन्न माग राख्दै जिल्ला शिक्षामा ज्ञापन पत्र बुझाइएको भएपनि मागको कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको जनाएको छ । जिल्लाभरका करीब ५ दर्जन बढी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको हो । नेकपाले धनगढीस्थित एक्सिस विद्या आश्रम, मोडर्न एरा, स्टेपिङ स्टोन, ग्यालेक्सीलगायत १५ विद्यालयमा तालाबन्दी गरेको छ । त्यस्तै अत्तरीयाका १०, गौरीगंगा नागरपालिकास्थित ५ लगायत जिल्लाका अन्य ठाउँका गरि करिव ५ दर्जन बढी विद्यालयमा तालाबन्दी गरिएको क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष तथा इन्चार्ज झलक बिकले बताए । वृद्धि गरिएको शुल्क खारेज गर्नुपर्ने, मापदण्ड विपरीतका विद्यालय बन्द गरिनु पर्ने, पाठ्यपुस्तकमा हुने कमिसन बन्द हुनुपर्ने, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गरिनुपर्ने लगायतका १३ बुदे माग राख्दै समन्धित निकाय लाई झकझकाउदा पनि बेवास्ता गरेपछी बाध्य भएर तालाबन्दी गर्नु परेको क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् सेती व्युरो इन्चार्ज बिरेन्द्र बिकले बताए । आफ्ना मागहरु मागहरू पूरा नभएसम्म ताला नखोलिने र थप सशक्त आन्दोलनका कार्यक्रम गरिने बिकले चेतावनी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार