घुस्याहा जिल्ला शिक्षा अधिकारी पक्राउ

२०७५ जेष्ठ ९ गते, बुधबार

काठमाडौं, ९ जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनकै निवासबाट पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले बताए ।
सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ‘विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने’ भन्दै घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । घुस दिने विद्यालय र प्रअको नाम गोप्य राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार