अखिल क्रान्तिकारीद्वारा अप्रिय संघर्षकाे बाटाे राेज्न बाध्य नपार्न चेतावनी

२०७५ जेष्ठ १४ गते, सोमबार

काठमाडौं, १४ जेठ । अखिल (क्रान्तिकारी) राप्ति क्षेत्रीय समन्वय समितिले आफ्नो संगठनका प्युठान अध्यक्ष याङ्क पुन, सल्यानका जिल्ला उपाध्यक्ष भिम वलि र सह- सचिव मदन के सीलाई गिरफ्तार गरि थुनामा राखिरहेकाेले सबैलाई यथासिघ्र रिहाइकाे माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकटकाे सो संगठनले अन्यथा अप्रिय संघर्षकाे बाटाे राेज्न बाध्य हुने विज्ञप्तीमार्फत चेतावनि समेत दिएको छ ।
यस बिषयमा अनेरास्ववियु (क्रान्तिकारी)का राप्ति क्षेत्रीय समन्वय समितिका संयोजक पदम पोखरेलले जारी गरेको प्रेस विज्ञप्ती यस प्रकार रहेको छ –
“हाम्राे महान तथा गाैरवशाली संगठन अखिल(क्रान्तिकारी) जनताकाे अागाध माया र स्नेहका साथ त्याग , तपस्या , विरता र बलिदानका गर्विलाे रक्तिम इतिहास कायम गर्दै वैज्ञानिक समाजवाद हुदै साम्यवादी स्वर्णिम संसार काे मञ्जिल चुम्न अावश्यक चेतनाकाे मेरुदण्ड शैक्षिक क्षेत्रकाे अामुल रुपानन्तरकाे सुनाैलाे सपना देख्दै र देखाउदै वर्ग संघर्षकाे ज्वारभाटासँग एकिकृत जनक्रान्ति काे नविन्तम राजमार्गमा सडगबाघ बनेर हुनहुनाइरहेकाे कुरा सर्वविदितै छ । यसै सिलसिलामा साझा सञ्चार नेपाल प्रालिकाे नाममा मदन खड्काले निशुल्क कथित पत्रकारिता तालिम दिने प्रचार गरि अन्तमा शिक्षार्थीबाट रू ४५००।- सय लिनलागेकाे भन्ने शिक्षार्थी बाट गुनासाे अाएपछि यथार्थ कुरा जानकारी लिनगएकाे बेलामा मदन खड्काकाे उजुरीकाे अाधारमा हाम्राे संगठनका राप्ती क्षेत्रिय समन्वय समिति सदस्य तथा प्युठान अध्यक्ष याङ्क पुन र नेपाल विद्यार्थी संघका प्युठान अध्यक्ष नरेन्द्र पुन मगरलाई दलाल फाँसिवादी अन्डरलाइन सरकार (प्रालि) काे उक्सावटमा तिनका अादेशपालकहरुले विनाकारण गिरफ्तार गरी नेपाल विद्यार्थी संघकाे अध्यक्षलाई तत्काल छाेडेकाे तर राजनैतिक प्रतिसाेधका कारण हाम्राे संगठनका प्युठान अध्यक्ष याङ्क पुनलाइ गैरन्यायिक ढङ्गबाट थुनामा राखेकाे घटनाप्रति घाेरभर्त्सना गर्दछाै । साथै सल्यानमा पनि विनाकारण जिल्ला उपाध्यक्ष भिम वलि र सह- सचिव मदन के सी लाई गिरफ्तार गरि थुनामा राखिरहेकाेले गिरफ्तार सबै कमरेडहरुकाे यथा सिघ्र रिहाइकाे माग गर्दछाै । अन्यथा चरणबद्ध अप्रिय संघर्षकाे बाटाे सम्म राेज्न बाध्य हुनेकुरा यसै विज्ञप्ती मार्फत जानकारी एंव चेतावनि दिन चाहान्छाै ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार