आज विश्व धुम्रपान तथा सुर्तीरहित दिवस
काठमाडौं, १७ जेठ । आज विश्व धुम्रपान तथा सुर्तीरहित दिवस । ‘सुर्तीजन्य पदार्थले मुटु बिगार्छ : सुर्ती छाडौं, स्वास्थ्य रोजौं’ भन्ने नाराका साथ विश्वभर मनाईंदैछ । धुमपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) को अह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यको मुुटमा पार्ने असरबारे चेतना फैलाउने लक्ष्य यस वर्षको विश्व धुमपानरहीत दिवसको रहेको छ ।
विश्व सस्थ्य संगठनका अनुसार विश्वमा मुटु रोगबाट ज्यान गुमाएकाहरुमध्ये १० प्रतिशतभन्दा बढीको मृत्युको कारण सुर्तीजन्य पदार्थको सेवन हुनेगरेको छ । विश्वमा हरेक वर्ष ७० लाखभन्दा बढी मानिस सुर्तीजन्य पदार्थको सेवनबाट मृत्युको मुखमा पुग्ने गरेको संगठनको तथ्यांक छ । नेपालको तथ्याङकमा भने ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको प्रयोगलाई मात्रै रोक्न सके पनि ४० प्रतिशत क्यान्सरको भार घटाउन सकिने एक अध्ययनले देखाएको छ । सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जरिवाना गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन तथा प्रायोजन गर्न नपाईने लगायतको व्यवस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।