अखिल (क्रान्तिकारी) कास्कीका सचिवसहित २ जना प्रहरी घेरामा
काठमाडौँ, २७ साउन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला सचिव आस्था नेपाली र सदस्य राजन साउदलाई प्रहरीले घेरा हालेको छ । दुबै जनालाई कास्की जिल्लामा रहेको पृथ्वीनरायण क्याम्पस भित्रैघेरा बन्दीमा परेको खबर प्राप्त भएको छ । यस अघि अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला समिति सम्मेलन आयोजक समिति सदस्य सागर काफ्लेलाई गिरफ्तार गरी शनिबारै रिहा गरेको थियो ।