गुरूगंलाई तत्काल रिहा नगरे परिणाम भयानक हुने चेतावनी

काठमाडौँ, २० पुस । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरूगंलाई प्रहरीले प्रकाउ गरेको छ । गुरूगंलाई सहिद स्मृति आवासीय विद्यालय पोखरामा भएको भ्रष्टाचारको विषय उठाएका कारण गिरफ्तार गरिएको बुझिएको छ । गुरूगंलाई प्रहरीले प्रकाउ गरेपछि अखिल क्रान्तिकारीले तुरून्त रिहा नगरे परिणाम भयानक हुने चेतावनी दिदै निसर्त रिहाईको माग गरेको छ ।
यस बिषयमा अखिल क्रान्तिकारीले जारी गरेको बिज्ञाप्तिमा भनिएको छ – “हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरूगंलाई हिजो कामको सिलसिलामा सहिद स्मृति आवासीय विद्यालय पोखरामा भएको भ्रष्टाचारको विषय उठाएका कारण सामाजिक फासिवादी दलालहरूको दुई तिहाई सरकारका मतियारहरूले प्रतिष्ठानका अध्यक्ष हरि अधिकारी (कुमार)को सुराकीमा गिरफ़्तार गरिएको बुझिएको छ,गिरफ्तारिले तिम्रो कदम विरूद्ध अझ आक्रामक र निर्मम भएर लाग्ने ताकत पैदा गर्ने छ, तुरून्त रिहा नगरे परिणाम भयानक हुने चेतावनी दिदै निसर्त रिहाईको माग गर्दछौं।”