आइसीयूमा विरामी भर्ना गर्न भनसुन आबश्यक

काठमाडाै, ७ माघ । शिक्षण अस्पताल महाराजगञ्जको सघन उपचार कक्ष (आइसीयू)मा विरामी भर्ना गर्न भनसुन बिना सम्भब नहुने पाइएको छ । सिकिस्त विरामीलाई राखिने आइसीयूमा विरामी भर्ना गर्न अस्पताल प्रशासन पनि पहुँचवालको टेलिफोन कुरेर बस्ने गरेको पिडितहरुको भनाइ छ । आइसीयूमा खाली भएपनि सर्वसाधारण सिकिस्त विरामीलाई भर्ना लिइदैन । काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा जटिल रोगबाट ग्रस्त विरामी र विरामीका आफन्तले आइसीयू कक्ष कुरेको कुरै हुन्छन । कति विरामीको त आइसीयू कक्ष नपाएकै कारणले ज्यानै जाने गरेको छ । कोहि कोहि त धुकधुकी मात्रै बाँकि भएको स्थितिमा अस्पताल आइपुग्छन् । जसलाई तत्काल आइसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, सर्वसाधारणका लागि यहाँ आइसीयू कक्ष असम्भवप्रायः छ । यहाँ आइसीयू कक्ष खाली नभएकै चाहिँ होइन । नेता वा पहुँचवालाको एक कल फोन आयो भने तुरुन्त आइसीयू कक्ष खाली हुन्छ ।
यहाँ आइसीयू कक्षकै लागि पहुँचवालाको दैनिक फोन आइरहेकै हुन्छ । अर्थात्, नेता वा पहुँचवालका लागि आइसीयू कक्ष खाली राखिन्छ, तर सर्वसाधारण विरामीलाई भर्ना गरिँदैन ।शिक्षण अस्पतालका निर्देशक दैनिकजसो आइसीयूका लागि पहुँचवालको फोन आउने गरेको स्वीकाछ्र्रन्, । अस्पताल प्र्रशासनका अनुसार क्षमताभन्दा धेरै विरामी आउने भएकाले पनि उपचार गर्न कठिन भइरहेको छ । यहाँ प्र्रतिमहिना ६० हजारभन्दा बढी विरामी उपचारका लागि आउँछन् । तीमध्ये करिब चार हजार विरामीको स्थिति गम्भीर हुन्छ । जुन अस्पतालको क्षमताभन्दा ज्यादा हो ।
अस्पतालको क्षमता नहुनु एउटा कुरा हो, तर पहुँचवालाको फोन आउने वित्तिकै आइसीयूमा कक्ष मिल्ने, नत्र नमिल्ने सत्य चाहिँ दुर्भाग्यपूर्ण छ । स्वास्थ्यमा निकै गम्भीर समस्या भएपछि मात्रै आइसीयूमा राखेर उपचार गर्ने हो । आइसीयू कक्ष खाली भएकै स्थितिमा ‘फोर्स’ नपुगेकै कारण कोही विरामी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी छ ।