मासिक एक हजार लिएर पढाउदै !

२०७५ माघ ७ गते, सोमबार

काठमाडौं , ७ माघ । दिनको करिब एक बजेको थियो । धनकुटा जिल्लाको साघुरी गढी ८ ढुङ्गेगाउँमा अवस्थित श्री भुमेश्वर प्रा. वि. मा एक शिक्षक रिजल्ट तयार पार्न बिद्यार्थीहरुको उत्तरपुस्तिकाबाट प्राप्ताङ्क संकलन गरिरहेका थिए । माघको ठिहिमा सामान्य लुगा र चप्पल लगाएर खटिरहेका ती शिक्षक स्थानीय पदम राई हुन् । धनकुटा बहुमुखि क्याम्पसमा बी.एड. पढेका पदम गाउँको विद्यालय जोगाउन कै लागि स्वयमसेवी शिक्षक भएका छन् । पढाउने, कापी जाच्ने मात्र हैन बेला बेला घण्टि बजाउन पनि आफै पुग्छन् । यति दुःख गर्ने शिक्षकले कति तलब खालान् ? त्यसमा पनि कस्ले दिन्छ तलब ? स्वभावैले सहज उत्तत्रर हुन सक्छ, सरकारले तलव दिन्छ । राम्रो त होला । तर उनले पाउने मासिक तलब सुन्दा तपाईलाई अचम्म लाग्ला । उनको तलब न बिद्यालयले दिन्छ न त सरकारले । उनलाई तलब दिने आत्मिय शिक्षक हुन् मंगल सिंह राई ।मंगल आफै करार शिक्षक हुन् ।उनले आफ्नो तलबबाट मासिक एक हजार रुपैया शिक्षक साथी पदमलाई दिने गरेका छन् । बि.स. २०७१ सालदेखि ०७३ सालसम्म विद्यार्थी र व्यावस्थापनको अभावमा विद्यालय बन्द भयो । बन्द भएको सो बिद्यालयका स्थानीय पत्थर सिंह राई सहितको पहलमा पुनः सुचारु त भयो तर त्यहाको व्यावस्थापकिय पाटो भने झन नाजुक र दुःख दायी बन्यो । राई हालका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हुन् ।
पहिला नि.मा.वि. रहेको उक्त बिद्यालय अहिले घटेर प्रा. वि भएको छ । बन्द भएर पुनः सुचारु गराईएको विद्यालय सन्चालन गर्ने या फेरी बन्द गर्ने चुनौतिकाबीच समाजसेवी निस्कीएका हुन् उनी शिक्षक पदम । उनले गाउँको विद्यालय जोगाउनकै लागि आफ्नो सबै सपना त्यागेर एक हजारमा महिनाभरी पढाउन थाले ।
जम्मा तीन जना शिक्षक रहेकोमा बाकीँ दुई जना पनि नीजि श्रोतबाट तलब खुवाउन नमानेपछि उनीहरु विद्यालय आउन छाडेका छन् । तर पदम निरन्तर विद्यालय आउछन् र सबै काम आफै गर्छन् ।
उत्तरपुस्तिका जाँच गर्दै शिक्षक पदम । रूघा लागेकाेले माक्स लगाएर काम गरिरहेकाे उनले बताए । शिक्षक मंगलले सो विद्यालय बन्द हुँदा साना साना बालबालिकाहरु खुडी वा गोलावाडी जानु पर्ने बाध्यताका कारणले यो विद्यालय सन्चालन गर्न पहल गरिएको बताए ।
शिसु देखि कक्षा ४ सम्म पढाई हुने सो बिद्यालयमा ५३ जना मात्र विद्यार्थी छन् । रिपोर्टिङका लागि त्या पुग्दा शिसु देखि कक्षा ४ सम्म कै विद्यार्थी एउटै कोठामा पढाउदै थिए । सबै विद्यार्थी एउटै कक्षामा राखेर पढाउदा पनि धेरै समस्या हुनेगरेको शिक्षकको गुनासो छ । तर उनीहरुको समस्या र गुनासो सुन्ने र समाधान गरिदिने न सरकारलाई चासो छ न त सरोकारवालालाई । आखिर कहिले सम्म पदम जस्ता शिक्षकले सरकारी बिद्यालयको साख जोगाईदिने ? कहिलेसम्म गाउँका साना नानीबाबुको शिक्षाको लागी भनेर समाजसेवा गरिरहने ? यसबाट उनीहरुले कति उपयोगी र गुणस्तरीय शिक्षा पाउन सक्लान् ? यी र यस्ता अनेकन प्रश्नहरु जवाफ खोजीरहेका छन् सरोकारवालासँग । यस्ता बिद्यालय बन्द गराउनुको साटो सुधार गरेर बालवालिकाले सहज रुपमा गुणस्तरीय शिक्षा पाउँने अधिकार सुरक्षीत गर्नु आजको आवस्यक्ता हो । सरकारले जति सुकै नारा र योजना दिए पनि दिनानु दिन सरकारी विद्यालयको स्तर खस्किदैँ गएको परिणाम पनि हो यो । देशभर ग्रामिड क्षेत्रका यस्ता बिद्यालयको हालत कहिले बदलिएला ? – राम लामा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु