‘खेलकुद परिषद् भित्रका भ्रष्टहरुको ढाड सोझ्याइन्छ’

२०७५ फाल्गुन ४ गते, शनिबार

काठमाडौं,४ माघ । नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय समितिले शुक्रबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
‘राष्ट्र निर्माणमा खेलकुदको भूमिका’ शीर्षकमा राजधानीमा आज एक अन्तरक्रिया र चियापान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा खेलाडीहरुले वर्तमान राज्य ‘प्रणाली’माथि प्रश्न उठाएका छन् । करिब ४ घण्टा चलेको उक्त कार्यक्रमका वक्ताहरुले मुलुकको खेलकुद क्षेत्रको स्तर घट्नुमा वर्तमान राज्यप्रणाली मुख्य रहेको धारणा राखे । उनीहरु वर्तमान शासन प्रणालीलाई बद्लेर जनताको राज्यसत्ता स्थापना नगरेसम्म खेलकुद क्षेत्र र यसमा जीवन समर्पण गर्ने खेलाडीहरुको कुनै भविष्य नरहेको बताए । मुलुकको सिंगो खेलक्षेत्र हेर्ने जिम्मेवारी बोकेको राष्ट्रिय खेलकुद परिषद् भ्रष्ट र नेताका आफन्त भर्ती गर्ने केन्द्रको रुपमा सीमित राखेको विषयमा वक्ताहरु एक मत देखिए ।
प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय ब्यूरो सदस्य नरबहादुर कार्कीले राज्य प्रणाली नै खराब भएको बेला खेलकुद क्षेत्रमा समस्या देखिनु अनौठो नभएको बताउँदै त्यसलाई चिर्न क्रान्तिबाट मात्र सम्भव रहेको बताए । देशमा क्रान्ति नहुनुपर्ने र नगर्नुपर्ने कुनै कारण नभएको उनको धारणा थियो । ‘युवा खेलाडीहरुले आफ्नो जीवनलाई सफल र समृद्ध तुल्याउन देशमा चलिरहेको क्रान्तिलाईलाई आत्मसाथ गर्र्नुको विकल्प छैन’ कार्कीले भने ।
कार्यक्रमका अध्यक्ष जयन्तबहादुर चन्दले महासंघ परिषद्मा आउने हरेक नेतृत्व भ्रष्ट मन्त्री र सरकारप्रति लम्पसार भएकै कारण सिंगो खेलकुद क्षेत्रको अवस्था नाजुक बन्दै गएको बताए । परिषद्का कर्मचारीहरुलाई लोभ र भ्रष्ट आचरण त्यागेर स्वच्छ भावना काम गर्न आग्रह भन्दै अध्यक्ष चन्दले नेताका दैलोमा धाउने र पदका लागि गलत हर्कत गर्ने जोकोहीलाई स्वाभिमानी नागरिकले सामाजिक कारवाही गर्ने चेतावनी दिए । वर्तमान सरकारलाई ‘दलाल र भ्रष्ट’हरुको सरकार भएको टिप्पणी गरे ।
एक प्रसंगमा चन्दले भने ‘उस्तै परे राज्यको सेवा, सुविधामा झण्डा हल्लाउँदै हिड्ने तर परिषद्लाई भ्रष्टचार र नातागोता भर्ती गर्ने केन्द्र बनाइराख्ने मन्त्री ९युवा तथाखेलकुद०लाई जनताले छाड्दैनन् ।’ ‘दलाल संसदीय व्यवस्था’ले दिने दुःखलाई वैज्ञानिक समाजवादले मात्र हल गर्ने उनको विचार रहेको छ ।
कार्यक्रममा अखिल नेपाल फुट संघका पूर्वअध्यक्ष गणेश थापाले निकटमा आउँदै गरेको राष्ट्रिय खेलकुद प्रतियोगिता र १३औं साफ गेमसँगै खेलाडीहरुको किनबेचको फोहोरी खेल शुरु भएको बताए । उनले आफूलाई यतिखेर खेलकुद क्षेत्रको हविगत देखेर पीडा महसुस भएको बताए । थापाले खेलकुद परिषद् खेल क्षेत्रमा देखिएका समस्याबारे लामो समयदेखि निरीह मात्र बनेको बताउँदै महासंघले परिषद्को प्रतिपक्षको भूमिका खडा सुझाव दिए । महासंघ मात्र खेल क्षेत्र र खेलाडीको विकास र समृद्धिको दिशा अघि बढिरहेको आफूले पाएको भन्दै महासंघले चाल्ने हरेक कदममा साथै दिने उनले बताए ।
राष्ट्रिय भलिबल संघका मनोरञ्जन शर्माले खेलकुद क्षेत्रमा नयाँ पहलकदमीसहित आमूल परिवर्तनको खाँचो रहेको बताए । महासंघले लिएको ‘खेलकुदमा वैज्ञानिक नयाँ संचरना र आमूल परिर्वतन’को यात्राप्रति आफूले पूर्णरुपमा साथ र सहयोग गर्ने शर्माले बताए । ‘नेपालको भलिबल स्कील अन्तर्राष्ट्रिय जगतले बुझेको छ, तर हाम्रै राज्यले चिन्न सकेको छैन । यहीँबाट शुरु हुन्छ नेपाली खेलाडीको दुर्गति’ उनले भने ।
खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष फणिन्द्र पौडेलले विभागीय मन्त्रालय र परिषद्का नेतृत्वका कमजोरीले गर्दा परिषद भ्रष्टचारको अखडा बनेको भन्दै परिषद्का सदस्य सचिव र उपाध्यक्षमाथि आक्रोश व्यक्त गरे । उनले कार्यक्रममा परिषद्मा नेतृत्वको चाप्लुसी नगरेकै कारण स्वाभिमानी कर्मचारी २२ वर्षदेखि एउटै पदमा रहेर जिम्मेवारी निभाउन विवश भएको दृष्टान्त सुनाए । ‘जनताको सरकार आएपछि सात वर्षदेखि दरशरथ रंगाशाला बन्याबन्यै छ । तपाईहरुले यो बाटो हिड्दा देखिरहनु भएकै छ, तैपनि पूरा सकिँदैन’ पौडेलले भने ‘अझै कति वर्ष लगाउने हुन्, गणतन्त्रका मालिकहरुले ।’ गणतन्त्र आइसक्दा पनि परिषद पञ्चायतकालीन कानूनबाट चलिरहेको उनको धारणा थियो ।
परिषदका पूर्व सदस्य सचिव जीवनराम क्षेष्ठले संविधानले नै खेललाई विद्यालय तहसम्मका बालबालिकालाई शिक्षाको रुपमा दिने व्यवस्था गरेको चर्चा गर्दै खेलक्षेत्रमा सरकारले बजेट छुट्याउन कन्जुस्याँई गरेको गुनासो गरे । परिषद् सधैं विवादमा परेको देख्दा आफूलाई दुःख लागेको बताए । इमान्दार र सक्षम नेतृत्वबिना गणतन्त्रले मात्र खेलकुदको विकास नुहने उनको भनाई थियो ।
खेलकुद परिषदका उपाध्यक्ष पितम्बर तिम्सिनाले आफूलाई विगतका उपाध्यक्षहरुको कित्तामा राखेर नहेर्न आग्रह गरे । सिंगो खेलकुद क्षेत्रलाई आफूले सक्दो मेहनत गरेर समृद्ध भएको देखाउने उनको भनाई थियो । तिम्सिना परिषदकै कर्मचारीले असहयोग गरेको कर्मचारीमाथि कार्यक्रममै कड्किए । ‘बरु बाहिरी संघ÷महासंघहरुले समसायिमक विषयमा छलफल, बहस चलाउँछन्, नीति निर्माणबारे अन्तरक्रिया गराउँछन्, खोई तपाईहरुले परिषद्लाई गति दिनेबारे सोचेको रु खोई राम्रा नीति बनाउनेबारे सुझाव दिएको रु अनि यहाँ आएर भ्रष्टचार गर्यो भनेर ठूला कुरा गर्ने रु’ तिम्सिनाले प्रश्न गरे ।
उपाध्यक्ष तिम्सिनाले नेपाल गणतान्त्रिक खेलकुद महासंघ मात्र एक्लो निष्पक्ष र स्वच्छ संस्था रहेको भनाई राख्दै महासंघका आगामी दिनमा हातेमालो गरेर आफू अघि बढ्ने प्रतिवद्धता समेत कार्यक्रममा व्यक्त गरे । भ्रष्ट र नेताका घरदैलो धाउने कर्मचारीलाई कारवाहीको दायरामा ल्याएरै छाड्ने उनले बताए । साथै नेपालगञ्जमा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता सर्न सक्ने उनको भनाई थियो ।
कार्यक्रमका संचालक महासंघका महासचिव विनोद चन्दले परिषद्को गलत र भ्रष्ट नेतृत्वकै कारण खेल क्षेत्रका हरेक युवा खेलाडीले बिचै खेल छाडेर पलायन हुने र अन्तर्राष्ट्रिय जगतसँग प्रतिस्पर्धा गर्न सक्ने खेलाडी विकास गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । ‘भ्रष्ट र चाकडी गर्ने कर्मचारी र नेतृत्वमाथि अब महासंघको पहलमा कारवाही गरिन्छ । कान खोलेर सुने हुन्छ’ उनले भने ‘महासचिव विप्लवलाई क्रान्तिमा हिड्न के आवश्यक थियो रु हामीलाई एकीकृत जनक्रान्तिमा लाग्नु किन खाँचो थियो रु हो, यस्तै भ्रष्ट र माफियालाई तह लगाउनलाई हो । खेलक्षेत्रमा थ्ुप्रै लोकमान, चुडामणिहरु देखिँदैछन् ।’
कार्यक्रममा स्वागत मन्तव्य राख्दै मार्सले राष्ट्रिय खेलकुद परिषद्मा भ्रष्ट र खेलाडीको भविष्य सिध्याउने ऐँजेरु पलाएको र त्यसलाई काटेर नफालेसम्म खेल क्षेत्रको विकास र समृद्धि नहुने धारणा राखे । महासंघ खेलाडीहरुको रगत र जनयुद्धको बेगमा स्थापना भएको उनको भनाई थियो । अहिले पनि खेलाडीहरुको अवस्था कभर्ड हल, तालिम गर्न पूर्वाधारविहीन रहेको भन्दै मार्सले खेलाडीलाई तलब, भत्ता र पेन्सनको सुविधा राज्यले गर्नुपर्ने बताए । ‘गणतन्त्रका खेलाडीले अहिले पनि भोलिका तालिममा खाजा खाने पैसा छैन भनेर चिन्तामा डुब्नु पर्ने नाजुक हालत छ’ उनले प्रश्न गरे ‘डाइट पेल्ने कुरै नगरौं, अनि सरकारले अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीलाई पछारेर विश्वकप जित्ने गफ मात्र गरेर हुन्छ ?
कार्यक्रममा अखिल ९क्रान्तिकारी०का अध्यक्ष चिरिञ्जीवि ढकाल, क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेलगायतको उपस्थिति रहेको थियो । नेपाल कम्युनिस्ट पार्टीले माघ १ देखि देशैभर चलाइरहेको ‘संगठन सुदृढ तथा विस्तार अभियान–२’को दुई महिने कार्यक्रमकै सिलसिलामा आजको अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो । महासंघ कम्युनिस्ट पार्टीको पेशागत जनवर्गीय संगठन हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु