चिकित्सकहरू आज सामूहिक विदामा

२०७५ फाल्गुन ८ गते, बुधबार

काठमाडौँ, ८ फागुन । सरकारी चिकित्सकहरू आफ्नो माग सम्बोधन नभएको भन्दै विरोधस्वरुप आज सामूहिक विदामा बस्ने भएका छन्। सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकमा आफ्नो माग सम्बोधन गर्न उनीहरुले माग गरेका छन् । विधेयक सच्याउन सरकारलाई दबाब दिँदै एक हप्ते आन्दोलनको घोषणा गरेका चिकित्सकहरूे माग सम्बोधन नगरेको भन्दै आज सामूहिक विदामा बस्न लागेका हुन् । आइतबार राजधानी काठमाडौंमा सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले पत्रकार सम्मेलन गरी विधेयक सच्याउन सरकारलाई बाध्य पार्ने भन्दै एक हप्ते आन्दोलनको घोषणा गरेको थियो। चिकित्सकहरुले यसअघि नै सरकारलाई सामुहिक राजिनामा दिनेलगायतका विभिन्न किसिमका चेतावनी दिँदै आएका छन् । चिकित्सकहरुले घोषित कार्यक्रमअनुसार मंगलबार माइतीघर मण्डलामा रक्तदान कार्यक्रम गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु