सुकेको मरिचको लुकेको महत्व
काठमाडौं, १८ फागुन । पिरो विशेषता भए पनि शरीरलार्ई हानी नगर्ने खाद्य पदार्थ हो मरिच । मरिचलार्ई मसलाको रुपमा प्रयोग गरिन्छ । सानो र चाउरिएका दाना भए पनि यसमा ज्वरो, रुघाखोकी, पाचन प्रणाली दुर्बलतालगायतका समस्याको समाधान गर्न सक्ने क्षमता हुन्छ । यसको उपयोग मुख्यतया निम्नानुसार गरिन्छ
ज्वरो एवं रुघाखोकी लागेमा
मरिच उत्तेजना, सुगन्ध र स्पूmर्तिको श्रोत हो । ज्वरो, खोकी, कफ एवं श्वासप्रवासमा समस्या हुँदा यसको प्रयोग गर्न सकिन्छ । आधा चम्चा मरिचको धुलोलार्ई एक गिलास पानीमा मिलाएर पकाउने र सेलाए पनि बिरामीलार्ई खान दिएमा यसले ज्वरो छुटाउन मद्दत गर्छ र क्रमस ज्वरो कम हुदै जान्छ । दूधमा मिसाएर यसको सेवन गर्दा पनि बिरामीलार्ई आराम मिल्छ । महमा मरिच मिलाएर बिहान बेलुका सेवन गरेमा केही दिनमै रुखाखोकी निको हुन्छ । मरिचले पिनासको समस्या समेत ठिक गर्छ ।
दात दुखे एवं किराले खाएमा
भिटामिन के, क्याल्सियम, फाइबर एवं फलाम लगायत पाइन्छ । यसको दैनिक प्रयोगले दाँत दुख्ने तथा किराको आक्रमणबाट छुटकारा मिल्छ । छालाको लागि समेत लाभकारी मरिचले रोग एवं संक्रमणबाट बचाउछ ।
आ“खा दुख्ने एवं रतन्धो भएमा
गाइको घ्यूमा मरिचको धूलो मिलाएर भातसँग खाने गरेमा आँखाको रोगहरु कम हुदै जान्छ । त्यस्तै धुलो मरिचलार्ई दहीमा फुराएर सुत्ने बेलामा आखामा लगाउनाले पनि रतन्धोको समस्याबाट उन्मुक्ति पाइन्छ ।
पायल्स एवं अर्थराइटिस भएमा
पायल्सका रोगीका लागि मरिच प्रभावकारी औषधी हो । जिरा, मिश्री र मरिच पिनेर धुलो बनाउने र बिहान बेलुका खाने गरेमा पायल्सका रोगीको लागि फलदायी हुन्छ । त्यस्तै मरिचलार्ई तीलको तेलमा पकाएर हातगोडामा लगाउने हो भने अर्थराइटिसका बिरामीलार्ई धेरै नै आराम मिल्छ ।
खाना अपच भएमा
तुलसी र पुदीनाको पातसँगै मरिचको धुलो मिलाएर पानीमा पकाउने र सेवन गर्ने हो भने अपचको समस्या टाढै हुन्छ । चियाको लत हुनेहरुले यसलार्ई मिलाएर बिहान बेलुका सेवन गर्ने हो भने अपचको समस्या सधैको लागि टाढै हुन्छ । यी र यस्ता कैयन समस्याको लागि मरिचको प्रयोग गरिन्छ । तपाइमा कुनै रोग एवं संक्रमण छैन भनेपनि मरिचलार्ई मसलाको रुपमा प्रयोग गरेर यसको लाभ लिन सक्नुहुन्छ ।