अखिल (क्रान्तिकारी)द्धारा आगलागी पिडित र विपन्नलाई राहत वितरण

२०७५ फाल्गुन २६ गते, आईतवार

काठमाडौं, २६ फागुन । अखिल (क्रान्तिकारी)ले कालिकोटका आगलागि पिडित तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँका आगलागी पिडित र विपन्न परिवारलाई शनिवार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) निकट अखिल (क्रान्तिकारी) केन्द्रिय समितिले न्यानो कपडा लगायतका राहत सामग्रि वितरण गरेको हो ।
काठमाडौ सहित देशैभरबाट संगठनको केन्द्रिय समितिले संकलन गरेको ओड्ने व्लाङकेट, न्यानो कपडा, बच्चा तथा महिलाका लागी कपडा लगायतका सामग्रिहरी न्यौपाने बस्तीका पिडित र सो आसपासका विपन्न परिवारलाई गाउँमा नै पुयाएर वितरण गरेको हो । अखिल (क्रान्तिकारी)का केन्द्रिय कोषाध्यक्षले नरेन्द्र विकले उक्त राहत सामग्रि वितरण गरेका थिए । नानिकोट गाविसमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को प्रथम जिल्ला सम्मेलनको अवसर पारेर गरिएको राहत वितरण कार्यक्रममा कोषाध्यक्ष विक सहित ने.क.पा. का केन्द्रिय सदस्य नविनको पनि सहभागीता थियो ।
सो अवसरमा कोषाध्यक्ष विकले आफुहरु सधै गरिव, विपन्न तथा पिडित जनताको साथमा रहेको भन्दै भविश्यमा पनि यस्तो सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।
यस्तै ने.क.पा.केन्द्रिय सदस्य नविनले पिडित र विपन्न परिवारको साथमा ने.क.पा. रहेको आवश्यक सहयोग निरन्तर गर्ने बताए । पार्टीले यसअघि पनि पार्टीले न्यौपाने बस्तीका पिडित परिवारको घर निर्माण देखि बिभिन्न सहयोग गर्दै आएको स्मरण गराउदैँ उनले सधै कर्णलीबासिको साथमा रहेको बताए । जनताको व्यावस्था बैज्ञानिक समाजवाद नआएसम्म कर्णालीका जनताको जीवनस्तर माथि उठ्न नसक्ने समेत ठोकुवा गर्दै सबैलाई एकिकृत जनक्रान्तिमा साथ दिन समेत अपिल गरे ।
गत पुस ८ गते आइतबार मध्य राति पलाता गाउँपालिका–१ खाडा गाउँमा भएको आगलागीबाट ८० बढी घरहरु जलेर खरानी भएको थियो ।
जिल्ला सदरमुकामबाट ३२ कोषको दूरीमा पर्ने उक्त बस्ती सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्ती भएका कारण आगो नियन्त्रण बाहिर जादा आगलागीबाट ठुलो क्षती भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु