राती समयमा नै निदाउने भए
काठमाडौं, २ चैत । जो समयमै निदाउन सक्छन्, उनीहरूको मानसिक र शारीरिक दुवै स्वास्थ्य राम्रो हुने चिकित्सकहरू बताउँछन्् । बेलैमा मस्त निदाउन सक्ने व्यक्तिको अनुहार पनि सुन्दर देखिन्छ । तर चाहँदा चाहँदै पनि कतिपय अवस्थामा निद्रै पर्दैन । कतिपयलार्ई त ओछ््यानमा पल्टेको धेरैबेर भइसक्दा पनि निदाउन नसक्ने समस्या नै हुन्छ । यदि यस्तो छ भने यी १० उपाय अपनाउनुस् जसले तपाईंलार्ई मस्तसँग निदाउन मद्दत गर्नेछन् ।
१. घामको ताप ताप्नुहोस्
अचम्म लाग्न सक्छ, मीठो निद्राका लागि घाम ताप्नु आवश्यक छ । हरेक दिन सूर्यको प्रकाशमा बस्ने गर्नुहोस्् । यसले साँझमा थकित अनुभव गराउँछ । जसले तपाईंलार्ई समयमै निद्रा पर्छ । साथै सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी पनि प्राप्त हुन्छ ।
२. व्यायाम गर्नुहोस््
बाहिरफेर हिँड््ने बानी गर्नुहोस् जसले तपाईंलार्ई राम्रो निद्रा पर्छ । समयमै निदाउन सक्ने मानिसले आफ्नो नियमित काम पनि प्रभावकारी रूपमा गर्न सक्छ ।
३. साँझको समय कफी, क्याफिन सेवन नगर्ने
तपाईंलार्ई थाहा छ ? चिया, कफीले निद्रा भगाउने काम गर्छन्् । एकपटक सय मि । ग्रा । क्याफिन सेवन गर्नुभयो भने यसको असर शरीरमा सात घण्टासम्म रहन्छ । यसकारण साँझमा सानो एक कप कफीले पनि रातिको निद्रामा बाधा र्पुयाउन सक्छ ।
४. खाना खानेबित्तिकै नसुत्नुहोस््
खाना खानेबित्तिकै सुत्नु स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यसकारण खाना खाएको दुई–तीन घन्टापछि मात्र ओछ््यानमा जानुहोस्् ।
५. साँझ पर्नेबित्तिकै सुत्ने गर्नुहोस््
राति छिटो सुत्ने बानी गर्नोस्् । छिटो सुत्ने बानीले तपाईंलार्ई आनन्द त मिल्छ नै । साथै राम्रो निद्रा पनि पर्छ ।
६. ओछ््यानमा जानुअघि यसो गर्नुहोस्
नुहाउनुहोस््, दाँत माझ्नुहोस्् र उपयोगी पुस्तकका केही पृष्ठ पढ््नुहोस् । हरेक साँझ यसो गर्नुभयो भने तपाईंको शरीरलार्ई तालिकामा चल्ने अभ्यास हुन्छ । यस्तो अवस्थामा शरीर आफंैले सुत्ने समय भएको सन्देश दिन थाल्छ ।
७. ओछ््यान आनन्दयुक्त बनाउनुहोस््
निदाउन शरीरलार्ई १६ देखि १८ डिग्री सेल्सियस तापक्रम उचित मानिन्छ । जब बाहिर बढी तापक्रम हुन्छ तब भित्रको वातवरण केही चिसो बनाउनुहोस्् । बाहिर जाडो छ भने भित्र केही न्यानो बनाउनुहोस्् ।
८. ओछ््यान चिटिक्क पार्नुहोस््
सकेसम्म आफ्नो सुत्ने कोठा, ओछ््यान सफा र चिटिक्क पार्नुहोस्् । यसका लागि तन्ना, सिरकजस्ता कुरा नरम किसिमका एवं सुन्दर रङका छनोट गर्नुहोस्् । कोठामा कुनै पनि सामान लथालिंग रूपमा नराख्नुहोस्् । ढुक्क हुनुहोस््, यस्तो वातवरणमा सजिलै निद्रा पर्छ ।
९. ठीक साइडमा मात्र सुत्ने गर्नुहोस््
सुताइको साइड नमिल्दा पनि निद्रा पर्दैन । मुटु, उच्च रक्तचापका रोगी छन्््् भने ठीक साइडमा सुत्नाले मुटुलार्ई दबाब पर्दैन । रक्त सञ्चारमा बाधा पर्दैन । र, सजिलै निदाउन सकिन्छ ।
१०. सुत्ने समयमा नकारात्मक नसोच्नुहोस््
भनेको कुरा व्यवहारमा उतार्न सजिलो छैन । तर आँखा बन्द गर्ने बेलामा राम्रा विचार मात्र मनमा ल्याउनुहोस्् । जुन विचार गहिरो निद्रा नआउँदासम्म जारी राख्नुहोस्् । निश्चित रूपमा तपाईंलार्ई निद्राले छोप्नेछ ।
११. निदाउने बेला भूतका कथाहरू नसुन्नुहोस््
डरलाग्दा भूत या अपराधका फिल्म हेर्ने बानी छ भने तुरुन्त छाड््नुहोस्् । यस्ता फिल्मले तपाईंको मन अनावश्यक डर पैदा गर्छ र निद्रामा बाधा पार्छ । साथै निदाइहाले पनि नराम्रा सपना देखिन्छ ।