विश्व क्षयरोग दिवस मनाइँदै

२०७५ चैत्र १० गते, आईतवार

काठमाडौं, १० चैत । आज मार्च २४ अर्थात् विश्व क्षयरोग दिवस नेपालसहित विश्वभर मनाइँदै छ । ‘क्षयरोगबिनाको विश्वका लागि नेतृत्वको खोजी’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएका थिए । कीटाणु पत्ता लगाएको एक सय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस मनाउन सुरु गरिएको थियो । क्षयराेग एक सरुवा राेग मानिन्छ । याे नियन्त्रणमा नेपालले उल्लेख्य सफलता पाएकाे बताउने गरिए पनि मुलुकभर अझै क्षयरोगका १३ हजार बिरामी उपचारको दायराबाट बाहिर रहेको तथ्यांकले देखाएको छ । साथै बर्सेनी क्षयरोगका नयाँ बिरामी थपिने क्रम यथावत छ ।
रोगबाट बच्न के गर्ने ?
१. धुम्रपान तथा मध्यपान नगर्ने
२. बालबालिकाहरुलाई उचित समयमै बिसिजिको खोप लगाउने
३. रोगका लक्षण देखिएमा जँचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने
४. हाछ्युँ गर्दा र खोक्दा मुख छोप्ने ।
उपचार र नियन्त्रण
१. यो रोग लाग्नै नदिन बिसिजी नामक खोप दिइन्छ, जुन खाेप प्रभावकारी मानिन्छ ।
२. यो रोग लागिसकेपछि भने रोग पत्ता लगाएर विभिन्न औषधिको प्रयोग गरी उपचार गरिन्छ (Chemotherapy)। नेपालमा ‘डट्स’ विधिबाट चिकित्सककाे प्रत्यक्ष निगरानीमै क्षयराेगकाे उपचार हुँदै अाएकाे छ, जसले याे राेग संक्रमित व्यक्तिलाई छिटाे निकाे पार्नुका साथै अरुलाई हुने संक्रमणबाट समेत जाेगाउँछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु