लौकाका अदभुत गुणहरु
काठमाडौँ । लौकालार्ई भोजनमा सामेल गराउनाले शरीरमा भएको हानीकारक कोलेस्टोल विस्तारै कम हुँदैजान्छ । जसले मुटु सम्बन्धी या कोलेस्टोलले हुने अन्य समस्या हँुदैन । यसका लागि लौकाको जुस आर्दस पेय पदार्थ मानिन्छ । तपाईंलार्ई लौकाको तरकारी खान कत्तिको मन पर्छ ? कति मानिस तरकारीमा लौका खान मन पराउँदैनन् । यो खानुपर्ने बाध्यताबाट बचेर नै रहने गर्दछन् । तर के तपाईंलार्ई थाहा छ लौकाले तपाईंको आलश्यपन हटाउने देखि लिएर शरीरको तौल पनि कम गर्दछ । लौका खानाले पेटमा भारीपन रहँदैन् । प्रतिदिन ताजा महसुस गर्नेको लागि मसला या नुन मिसाएर लौकाको जुस पिउन सकिन्छ । लौका शरीरको तौललार्ई छिटो कम गर्नमा सहयोग छ ।
त्यसैले यसलार्ई जुस बनाएर वा नुनका साथमा खान सकिन्छ । लौकाले पाचन सम्बन्धी समस्याको पनि उत्तम समाधान गर्छ । साथै यो एसिडिटीमा पनि लाभदायी छ ।
लौकालार्ई भोजनमा सामेल गर्नाले पाचन क्रिया राम्रो हुँदै जाने गर्दछ । डाइबिटिजका रोगीका लागि लौका सेवन एक प्रभावकारी उपाए हो । डाइविटिजमा खाली पेट लौका सेवन गर्नु राम्रो हुन्छ ।
मुत्र सम्बन्धि समस्याको लागि पनि लौका खानु राम्रो उपाय हो । यसले शरीरमा सोडियमको मात्रालार्ई कम गर्न सहयोग गर्छ । लौकाको नियमित सेवनले छालामा प्राकृतिक चमक आउछ । जसले गर्दा शरीर आकर्षक देखिन्छ । कतिपय महिला वा युवती यसको लागि लौकाको प्रयोग गर्दछन् ।
गर्भाशयसम्बन्धी समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक–पटक गर्भपतन हुने महिलाले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ ।
लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।
लौका शक्तिबद्र्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।
मानिसहरुले लौका भन्ने बितिकै तरकारी मात्र हुन्छ भन्ने सम्झिन्छन् तर लौकाको तरकारी मात्र नभई जुस बनाएर पनि खान सकिन्छ । जसले गर्मी मौसममा शरीरलार्ई धेरै फाईदा पु¥याउछ ।
१. शरीर भित्रको फोहोर सफा गर्ने
लौकाको रसमा ९८.५ पानी र बाँकि एन्टीअक्सिडेन्ट हुन्छ । त्यसैले लौकाको जुस पिउदा यसले शरीर भित्रको टक्शीनलाई बाहिर निकाल्ने काम गर्छ र शरीरको भित्री भाग सफा राख्ने काम गर्छ ।
२. कब्जियतलाई आराम
लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाई दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलार्ई आराम दिने गर्दछ ।
३. शक्तिको लागी
यदि तपाईं बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस् यसले फाइदा पु¥याउँछ । लौकामा कार्बोहाइड्रेट बडी मात्रामा पाइने गर्दछ जसले मांसपेसीहरुको काम गर्ने क्षमता बडाउँछ ।
४. पिसाब इन्फेक्सनका लागि
यदि तपाईंलार्ई पिसाब फेर्दा पोल्ने वा दुख्ने हुने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस् । पिसाबमा एसिडको मात्रा बडी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ । लौकाको जुसले एसिडको मात्रा कम गर्छ र निरन्तर लौकाको जुसको प्रयोगले यो रोग निको हुन्छ ।
५. ओजन घटाउन मद्धत
लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलार्ई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।