साङ्लाले दुख दिए . . .

२०७५ चैत्र २७ गते, बुधबार

काठमाडौँ । साङ्ला देख्दा हामीलार्ई घिन लाग्छ कतिलार्ई त डर पनि लाग्छ । गर्मी बिस्तारै बढ्दैछ । गर्मी बढेसँगै लामखुट्टे, झिँगा र साङ्ला (कक्रोज)ले दुःख दिन्छ । साङ्ला न मारेर सकिन्छ, न धपाएर । यसले घरको विद्युतिय यन्त्रलार्ई, फोहोर फैलाउँछ साथै खानेकुरालार्ई दुषित बनाइदिन्छ । साङ्लाजन्य फोहोरबाट खानेकुरा बचाउन गाह्रो हुन्छ । यस्तो खाना सेवन गर्दा पेटसम्बन्धि समस्या हुन्छ । त्यसैले गर्मी याममा साङ्लाको संक्रमणबाट बच्न विशेष सर्तकता अपनाउनुपर्छ । घरको कुनाकाप्चामा साङ्ला नै साङ्ला भेटिन्छ । बेडरुम, भान्सा जताजतै साङ्ला हुन्छ । यस्ता साङ्लाले खानेकुरा दुषित बनाउँछ । त्यस्तो खानेकुरा सेवन गर्दा हामीलार्ई पेटको समस्या हुन्छ । वान्ता वा पखला लाग्न सक्छ ।
साङ्लाको कारण लाग्नसक्छ यस्ता रोग ः
१.ब्याक्टेरियाको कारण संक्रमण
साङ्लाको पेटको जिवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो यूरिन ट्रेक्ट इन्फेक्सन, पाचन सम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ ।
२.दमको समस्या
साङ्ला दम रोगीका लागि त सत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।
३.पूmड प्वाइजन
साङ्लाको कारण पूmड प्वाइजन हुने संभावना रहन्छ । यसका साथै टाइफाइडको पनि समस्या हुनसक्छ । किनपनि यस्तो हुन्छ भने, साङ्ला सैलमोनेला नामक भाइरस फैलाउने प्रमुख श्रोत हो ।
४.एलर्जीको खतरा
साङ्लाको कारण एलर्जीको समस्या हुन्छ । यसले छालामा समस्या ल्याउन सक्छ । खासमा साङ्लाले मुखबाट ¥याल निकाल्छ । त्यस्तो ¥याल भान्साको कुनैपनि सामानमा रहनसक्छ । भाँडावर्तन, खानेकुरामा ¥याल रहन्छ । साथै ओड्ने ओछ्याउनेमा पनि साङ्लाको ¥याल रहन्छ, जसले एलर्जीको समस्या ल्याउँछ ।
साङ्ला भगाउने घरेलु उपाय ः
१.साबुन पानी
साबुन या स्याम्पुको झोलले सबैभन्दा छिटो र सजिलो किसिमले साङ्ला मर्दछन् । साङ्लाको शरीरमा साबुनको झोल परेपछि यसले बाहिरबाट हावा लिन पाउँदैन । साङ्लाले श्वास फेर्न छालाको सहारा लिने हुँदा शरीरमा साबुनको झोलले स्वास फेर्न अथवा लिन अप्ठ्यारो हुने कारणले गर्दा साङ्ला सास लिन नसकी छटपटिएर मर्छ ।
प्रयोग बिधि
एउटा भाँडोमा नुहाने साबुनको झोल तयार गर्ने । स्याम्पु मिसाउँदा पनि हुन्छ । सांग्लाहरु भएको स्थानमा यो झोल छर्किने । सांग्लाहरु भाग्न नपाउन भनेर चारै तिर झोल को अलि चौडा घेरा बनाउँदा पनि हुन्छ । अब यो झोल सांग्लामाथि छर्किने । सांग्ला भाग्न खोज्छन् । केही मर्छन् । भाग्न खोजेका सांग्लामाथि यो झोल छर्किँदै जाने । लुगा धुने साबुन भन्दा नुहाने साबुन डिटोलको झोलले यो छिटो मर्दछन् ।
२.तेजपत्ताको प्रयोग
तेजपत्ताको गन्धसँग सांग्ला भाग्ने गर्छ । केही पत्ता सांग्ला धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको गन्धले कक्रोच आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलार्ई बदल्नुपर्छ ।
३.सोडा र चिनी
सोडा र चिनी कचौरामा बराबर मात्रामा सोडाको धुलो र चिनी मिसाएर कक्रोच धेरै बस्ने ठाउँमा राख्नुहोस् । चिनीको गुलियोले कक्रोचलार्ई आकर्षित गर्छ, त्यसलार्ई खाएपछि सोडाले मार्ने काम गर्छ । समय–समयमा यसलार्ई पनि परिवर्तन गरिराख्नुपर्छ ।
४.ल्वाङ
ल्वाङको गन्ध ल्वाङ पनि कक्रोच भगाउने उत्तम उपाय हो । कक्रोच धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धुलो राखिदिनुहोस् । यस उपायबाट कक्रोच भाग्छ ।
५.मट्टीतेल
हामीले मट्टीतेलको प्रयोगद्वारा पनि साङ्लाबाट मुक्ति पाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोग गर्दा निकै सावधानी र सजगता भने अपनाउनु पर्ने जरुरी रहन्छ । साङ्ला रहनको लागी ओसिलो ठाउँ अतिनै अनुकूल मानिन्छ । त्यसैले पनि आफ्नो भान्सा कोठालार्ई ओसमुक्त राख्नुभयो भने पनि साङ्लाबाट केही हदसम्म भएपनि राहत हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु