९ विद्यार्थी संगठनले सडक आन्दोलन चर्काउने , १७ गते विरोध प्रदर्शन

काठमाडौं, १२ वैशाख । अनेरास्ववियु (पाँचौ)को कार्यालयमा बसेको ९ विद्यार्थी संगठनको वैठकले नौ सरकारले जनविरोधी कार्यलाई तिब्रता दिएको भन्दै सडकमा उत्रने उद्घोष गरेको छ । संगठनको बैठकपछि उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बैशाख १७ गते विरोध -यालिसहित प्रदर्शनमा उत्रने घोषणा गरेका छन् । विज्ञप्तिमा अखिल (क्रान्तिकारी)का अध्यक्षहरु चिरञ्जिबी ढकाल, आलोका रायमाझी तथा हरिकृष्ण गजुरेल, अनेरास्ववियु (पाँचौ)का अध्यक्ष घनस्याम मिश्र, नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाह, समाजवादी फोरम नेपालका अध्यक्ष विवेक राई, अखिल नेपाल विद्यार्थी युनियन प्रमुख प्रविण मिश्र, राष्ट्रिय विद्यार्थी संघका महासचिव रञ्जित निष्पक्ष र ने.आ.ज.वि. महासंघका अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेका थिए ।
विज्ञप्तिमा विरोध र्याली तथा प्रदर्शन गर्नुपर्ने विभिन्न कारणहरु रहेको उल्लेख गर्दै भनिएको छ, “शिक्षामा भएको चर्को शुल्कबृद्धि, व्यापारीकरण तथा माफियाकरणको भण्डाफोर गर्न, एनसेल, फोरजी, सुन काण्ड वाइडबडीसहित अर्बौ भ्रष्टाचारको विरोध, बालुवाटारको जग्गा किर्ते काण्ड लगायतका भु–माफियाविरुद्धको संघर्ष मजबुत बनाउन, निर्मला पन्तको हत्यरा सार्वजनिक गर्न राज्यलाई दवाव दिन, सिमा अतिक्रमणसहित सिके राउत काण्डले संकटमा परेको राष्ट्रियता जोगाउन, सर्वसत्तावादी सरकारका विरुद्ध संर्घषको शंखघोष गर्न, प्रलोभनमा पारेर भाषा, धर्म र संस्कृतिमाथि भैरहेको हस्तक्षेपको विरोध गर्न प्रदर्शन अनिवार्य बनेको छ ।”
पोखरा विश्वविद्यालयमा पनि केही समयदेखि ब्यापारीक मानसिकताले विद्यार्थीको भविष्यमामाथि खेलवाड गरेको उल्लेख गरिएको छ, “हालै पोखरा विश्वविद्यालयले व्यवस्थापन संकाय अन्र्तगतका विद्यार्थीहरुको रजिस्ट्रेशन नगराई उनीहरुको भविश्यमाथि गम्भीर खेलवाड गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।”
रजिस्ट्रेशनबाट वञ्चित गरिएका विद्यार्थीहरुलाई तुरुन्त रजिस्ट्रेशन गराई परीक्षा लिने र विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारप्रति जिम्मेवार बनि रजिस्ट्रेशन नगराउने भनेर गरेको निर्णय तत्काल खारेज गर्न संयुक्त विद्याार्थी संगठनले जोडदार माग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी तथा अखिल (क्रान्तीकारी)लाई वर्तमान सरकारले आस्थाका आधारमा गरेको धरपकडप्रति घोर भत्र्सना तथा आपत्ति प्रकट गर्दै हालसम्म अखिल (क्रान्तीकारी)का सयौं नेता कार्यकर्ताहरु प्रहरी हिरासत र जेलमा रहेकाले उनीहरुको अविलम्ब रिहाइको मागसमेत विज्ञप्तिमा गरेको छ ।