कक्षा १२ को वार्षिक परीक्षा सुरु

२०७६ बैशाख १५ गते, आईतवार

काठमाडौं, १५ वैशाख । कक्षा १२ को वार्षिक परीक्षा आज बिहानबाट सुरु भएको छ। देशभर एकैसाथ १५ गते आज बिहान ७ बजेदेखि कक्षा १२ सुरु भएको हो । कक्षा ११ को परिक्षा भने वैशाख २९ गतेबाट शुरु हुने र सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीको सहभागिता रहने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु