क्याम्पस र विश्वविद्यालयका गेटमा कालो ब्यानर !

२०७६ जेष्ठ ३२ गते, शनिबार

काठमाडौं, ३२ जेठ । अखिल क्रान्तिकारीले पोखराका विभिन्न क्याम्पस र विश्वविद्यालयका गेटमा कालो ब्यानर टाँसेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी गण्डक समन्वय समिति र पिएन जिल्ला समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार कास्की र तनहुका विभिन्न क्याम्पस र विश्वविद्यालयका गेटहरुमा कालो ब्यानर टाँसिएको जनाएको छ ।
गत जेठ २६ गते कास्कीको घान्द्रुकको उरि भन्ने ठाउँमा वैठक बसिरहेको बेला प्रहरीले घेरा हाली बिनाकारण आफ्ना २२ जना विद्यार्थी नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेपछि क्रान्तिकारीले बिनासर्त रिहाइको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।
ब्यानरमा लेखिएको छ, ‘सामाजिक दलाल फासिवादी सरकार र राम बहादुर गृह प्रशासनले गिरफ्तारप्रति हाम्रो संगठन घोर भ्रत्र्सना गर्दछ । देशभरबाट हाम्रो संगठनका गिरफ्तार नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछौं । अन्यथा असहज परिस्थितिको जिम्मेवार स्वंम् केपी–रामबहादुर कम्पनी हुनेछ’ ब्यानरमा लेखिएको छ । उक्त ब्यानरसँगै विभिन्न मागहरुसहित चेतावनी दिएको पर्चासमेत बितरण गरिएको स्रोतले जनाएको छ । पोखरा विश्वविद्यालय, पिएन क्याम्पस, जनप्रिय क्याम्पस कालिका बहुमुखी र तनहुका विभिन्न क्याम्पसहरुमा ब्यानरसहित पर्चा बितरण गरिएको (क्रान्तिकारी)ले जनाएको छ ।
जेठ २६ गते २२ जना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरि ९ जनालाई राज्य विरुद्धको मुद्दा र बाँकीलाई सार्बजनिक अपराधको मुद्दा चलाइएको छ । राज्य विरुद्धको मुद्दा लगाइएका कास्की सेक्रेटरी आक्रोश, क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई, काजी गुरुङ, पिएन अध्यक्ष प्रकाश, आस्था लगायतलाई ३० गते उच्च अदालत पोखराले निर्दोष साबित गर्दै छाड्ने आदेश दिएको थियो । तर प्रहरीले मध्यरातमा उच्च अदालत नै घेरा हाली रिहाई भएकाहरुलाई पुनः गिरफ्तार गरेको थियो । अखिल (क्रान्तिकारी) आक्रोशित हुँदै सङ्घर्षका कार्यक्रमहरु तय गरेको छ । यसै सिलसिलामा गिरफ्तार नेता कार्यकर्ताहरुको रिहाईको माग गर्दै यहि असार ६ गते देशका विभिन्न ११ जिल्लाहरुमा आम शैक्षिक हड्तालको घोषणा गरेकोसमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

न्याम्सको बजेट पारित

२०८२ श्रावण २८ गते, मंगलवार

‘चिकेन एनेमिया भाइरस’ भेटियो

२०८२ श्रावण २८ गते, मंगलवार

प्रशोधित पिउने पानीको अनुगमन तीव्र

२०८२ श्रावण २७ गते, सोमबार