एसईई परीक्षा चैत्र ६ देखि

२०७६ पुष १ गते, मंगलवार

काठमाडौं , १ पुष । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत्र ६ देखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तापुरले आज सूचना जारी गर्दै २०७६ चैत्र ६ गतेदेखि एसईईको परीक्षा सुरु हुने जानकारी दिएको छ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।
यस्तै ६ गते नै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ७ गते शुक्रबार अनिवार्य नेपाली हुनेछ भने गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी विषयको परीक्षा हुनेछ । यस्तै चैत्र ९ गते आइतबार अनिवार्य गणित, १० गते सोमबार अनिवार्य विज्ञान तथा वेदविद्याश्रमतर्फ भने अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुनेछ । यस्तै, चैत्र ११ गते मंगलबार अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ भने, प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एण्ड मार्केटिङ/इनिजनियरिङ ड्रइङ/कम्प्युटर रिपेयर एण्ड मेन्टिनेन्स, वेसिक म्युजिक हुनेको परीक्षा हुने सूचनामा उल्लेख गरिएको छ । १२ गते बुधबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक प्रथमका सबै विषयहरु, १४ गते ऐच्छिक देस्रोतर्फका सबै विषयको परीक्षा हुनेछ । १५, १६ र १९ गते प्राविधिकतर्फका विभिन्न अभ्यास परीक्षाहरु हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु