आज खण्डग्रास चन्द्रग्रहण

२०७६ पुष २५ गते, शुक्रबार

काठमाडौं , २५ पुष । आज राति १० बजेर ५२ मिनेटदेखि ३ बजेसम्म खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। चन्द्रग्रहण नेपालमा पनि देखिनेछ। ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताए ।’ सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ। यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्टेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु