अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक रिहा

काठमाडौं, १५ फागुन । अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकसहित तीन जना बिद्यार्थी नेता रिहा भएका छन् । सर्वोच्च अदालतकाे आदेशमा उनीहरू बुधवार रिहा भएका हुन् । काेषाध्यक्ष बिकसँगै पक्राउ परेका अर्का केन्द्रीय सदस्य प्रकाश बिक पनि रिहा भएका छन् । साथै सर्वाेच्च अदालतकाे आदेशमा नै अखिल(क्रान्तिकारी) कै केन्द्रिय सदस्य मदन चपाइ पनि रिहा भएका छन् । तीनै जनाकाे हकमा सर्वोच्चको इजलास नम्बर ५ मा बुधवार भएको बन्दीप्रत्यक्षीकरणको रिटनिवेदनमाथिको सुनुवाईपछि अदालतले उनीहरूलाई रिहा गर्न आदेश दिएको हो ।
बिद्यार्थी नेता नेरेन्द्र र प्रकाशलाई यहि फागुन ५ गते दिउँसो काठमाडौंको मध्यबानेश्वरबाट गिरफ्तार प्रहरीले गिरफ्तार गरेको थियो ।
राजनीतिक आस्था कै कारण उनीहरूलाई गिरफ्तार गरि गैरन्यायीक रुपमा बन्दी बनाएर हिरासतमा राखेको भन्दै रिहाईको माग गर्दै फागुन ११ गते पुरिचन्द्र कामीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।
उक्त रिटमाथि बुधवार भएको सुनुवाईपछि न्यायधिसद्धय पुरुषोत्तम भण्डारी र सुष्मालता माथेमाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो । रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी , अधिवक्ता कान्तिराम ढुङ्गाना सन्तोष कोईराला, चुडा निरौलाले बहस गरेका थिए ।
यस अघि प्रहरीले नरेन्द्र विकलाई प्रकाण्ड कहा छन ? पार्टीको भावी योजना के छ ? भन्दै निर्घात कुटपिट गर्नुका साथै करेन्ट लगाएर बयान लिएको बुझिएको छ . । देशमा वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना र जनताको वास्तविक अर्थको राज्य व्यवस्था, वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनमा अनवरत लागेका अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्रमाथि उनका पिता प्रकाण्डको बारेमा बिभिन्न प्रश्न गर्दै निर्घात कुटपिट गर्नुका साथै करेन्ट लगाएर बयान लिएको बुझिएको छ ।अपराध महाशाखा, टेकुको हिरासतमा रहेका नरेन्द्रलाई भेटेर फर्किएका व्यक्तिका अनुसार नरेन्द्रको अनुहार र शरीर भरि निलडाम र चोटहरु रहेको छ । उनको खुट्टालागायत शरीर सुन्निएको र मानसिक रुपमा समेत त्रसित रहेको बताए । उनलाई अहिलेसम्म प्रहरी उपचारको लागि अस्पताल नलागेको र कुनै औषधि समेत उपलब्ध नगराएको बताए । उनले यस अघि नै आफुले नरेन्द्रमाथि राजनीतिक प्रतिसोधका आधारमा निर्घात कुटपिट भएको बताउदै सम्पूर्ण पत्रकार , रास्ट्रिय मानब अधिकार आयोगलागायत सम्बद्ध सबै पक्षलाई घटनाको सत्य तथ्य बुझि न्यायको लागि पहल गरिदिन आह्वान गरे पनि अहिले सम्म कतै वाट सुनुवाई नभएकोमा चिन्ता समेत जाहेर गरे ।
टेकु हिरासतमा रहेका बिकमाथि शारीरिक तथा मानसिक यातना दिईएको भन्दै उनको मानवअधिकारको रक्षा गरिदिन माग गर्दै शुक्रवार परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनको परिवारले बताएको थियो ।