स्वास्थ्य कर्मी गिरफ्तार बन्द गर

२०७६ चैत्र ७ गते, शुक्रबार

काठमाडाैँ, ६ चैत । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले देश कोरोना भाइरसको त्रासले आक्रान्त बनेको बेला सरकारले रोकथामको निमित्त पहल लिने र अतिआवश्यक वस्तुको अभाव हुन नदिन सक्रिय पहल नगरेको बताएको छ । महासंघले देशभित्रै अत्यावश्यक बस्तुहरुको उत्पादन गर्ने भन्दा पनि केहि थान मास्क बरामद, विमानस्थलमा तापक्रम मापन र केही देखावटी क्वारेन्टाइन बनाएर दंग परेको बताएको छ । महासंघका केन्द्रीय अध्यक्ष टिका कँडेलले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको त्रास बढिरहेको बेला जनचेतनामुलक कार्यक्रम गर्दै हिडिरहेकी स्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मी संगठनकी केन्द्रीय सदस्य शिला गैरेलाई आस्थाकै आधारमा गिरफ्तार गरेको उल्लेख गरेका छन् । बुधबार राती साढे ९ बजे रूपन्देहीमा रहेकाे घरमै गएर अपरहण शैलीमा गैरेलाई गिरफ्तार गरेको जानकारी दिदै यस्तो जोखिमपुर्ण अवस्थामा धरपकड र दमन गरेको भन्दै शिला गैरेको विनाशर्त गिरहाईको माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु