कोरोना जाँचको नतिजा एक घण्टामै !

२०७६ चैत्र १८ गते, मंगलवार

काठमाडाैँ, १८ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच वटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गरिने छ ।
प्रयोगशालाका निर्देशक डा. रुना झाले जो कोहीको पनि कोरोना परिक्षण गराउन सक्ने र एक दिनमा धेरै व्यक्तिहरुको स्वास्थ्य परिक्षण गराउन सकिने बताए ।
सरकारले पीसीआर मसिन ३० हजार रिएजेन्ट ल्याएको छ । एउटा रिएजेन्टले एक जनाको नमुना परिक्षण गराउन सकिने छ । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतवार देखी परिक्षण सुरु गरिएको छ भने पोखरा , जनकपुर , हेटौडामा समेत परिक्षण सुरु गराउने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु