कोरोना स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक !
काठमाडौं, २ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डाक्टर टेड्रोस एदनाम गेब्रियससले कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएकोबताएका छन । कोरोना भाइरस विश्वभरबाट निर्मुल गराउन भ्याक्सीनको विकल्प नरहेको डाक्टर गेब्रियससको ठहर छ । उनले २००८ मा फैलिएको स्वाइनफ्लु स्मरण गर्दै भने – ‘त्यो भन्दा कोरोना भाइरस १० गुना खतरा छ ।’