कोरोना भाइरस : मर्नेकाे संख्याभन्दा निकाे हुनेकाे संख्या ४ गुणा बढी

२०७७ बैशाख ४ गते, बिहीबार

काठमाडाैं, ४ वैशाख । चीनको वुहानबाट ४ महिनाअघि सुरू भएको कोरोना भाइरस {कोभिड-१९} को महामारी अहिले विश्वका सबैजसो देशमा फैलिएको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना लागेकाहरूमध्ये मर्नेकाे संख्याभन्दा निकाे हुनेकाे संख्या ४ गुणा बढी रहेकाे छ । संक्रमितमध्ये ६.४६ प्रतिशतकाे मात्रै मृत्यृ भएकाे छ भने २४.४८ प्रतिशत पूर्णरूपमा निकाे भएका छन् ।
दीर्घरोगी, वृद्धवृद्धा, सुगर, मृर्गौला, दमजस्ता गम्भीर रोगका बिरामीको मर्ने सम्भावना बढी रहेको भए पनि युवाहरू, स्वस्थ मानिस र इम्युन सिस्टम बलियो भएकाहरू कोरोना संक्रमण भएर पनि चाँडै निको हुने विज्ञहरूले बताउँदै आएका छन् । हालसम्म कोरोना संक्रमितमध्ये विश्वभर ५ लाखभन्दा बढी निको भइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट पूर्णरूपले निको भएकाको संख्या ५ लाख १० हजार ४६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यसरी निको हुनेको संख्या कोरोनाको उद्गमस्थल चीनमा नै धेरै रहेको छ । त्यहाँ कुल संक्रमित ८२ हजार २९५ हजार रहेकोमा ७७ हजार ८१६ जना पूर्ण रूपले निको भइसकेका छन् । बाँकी १ हजार १३७ जना संक्रमण यथावत छ । चीनमा अहिलेसम्म ३ हजार ३४२ जनाको ज्यान गइसकेको छ । यसरी हेर्दा चीनमा कोरोना संक्रमणबाट ३ हजारको ज्यान जाँदा ७७ हजार भने निको हुनु सुखद पक्ष हो ।
त्यसपछि कोरोनाबाट निको हुनेमा जमर्नी रहेको छ । जमर्नीमा कोरोना संक्रमितको मृत्युदर असाध्यै कम रहेको छ । अहिलेसम्म जर्मनीमा ७२ हजार ६ सय पूर्णरूपमा निकाे भइसकेका छन् । त्यहाँ अहिले ५८ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।
उता स्पेनमा पनि पूर्णरूपमा निकाे हुनेकाे संख्या धेरै नै रहेकाे छ । अहिलेसम्म स्पेनमा ७० हजार ८५३ जना पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ९० हजारमा काेराेना सक्रिय रहेकाे छ ।
सबैभन्दा बढी काेराेना संक्रमण हुने अमेरिकामा भने ७.५६ प्रतिशत मात्रै पूर्णरूपमा निकाे भएकाे पाइन्छ । अहिलेसम्म त्यहाँ ४८ हजार ७१० जना पूर्णरूपमा निकाे भएका छन् र त्यहाँ साढे ६ लाख काेराेना संक्रमित रहेका छन् ।
इटाली र फ्रान्समा पनि निकाे हुनेकाे संख्या आस लाग्दाे नै छ । अहिलेसम्म इटालीमा ३८ हजार र फ्रान्समा ३१ हजर पूर्णरूपमा निकाे भइसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु